News Category 2081/02/01
वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
राजविराजबाट ११ दिनअघि वेपत्ता भएकी दिदीबहिनी मंगलबार भारतको बृन्दावनमा भेटाएकी छिन् ।
भारतको बिहार राज्य अन्तरगत दरभंगा जिल्ला जालेग्राम पंचायत निवासी १८ वर्षिया रिंकी यादव र १९ वर्षिया पिंकी यादव गत बैशाख २१ गते राजविराज ७ खरसाल टोलबाट सम्पर्कबिहीन भएकी थिइन् ।
दिदीबहिनी रिंकी र पिंकी मामा अशोक यादवको छोराको बिवाह कार्यक्रममा सहभागि हुन आएको बेला बैशाख २१ गतेदेखी सम्पर्कबिहीन भएकी थिइन् ।
विवाह कार्यक्रममा आएकी दिदीबहिनीको बैशाख २० गते आमा देवकी देवीसँग विवाद भएको थियो । सोही कारणले कसैलाई कुनै जानकारी नदिई भान्जीहरु बैशाख २१ गते घरबाट निस्केको मामा अशोकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जानकारी दिएका थिए ।
सम्पर्कबिहीन भएको दिनदेखी नै दिदीबहिनीले बोकेको मोबाइलको पनि स्विच अफ भएपछि परिवारजनले दिएको हुलिया विवरणसहित प्रहरीले खोजिकार्य गरिरहेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले खोजिकार्य जारि राखेको बेला उनीहरु भारतको बृन्दावन शहरमा भेटिएको परिवारजन मार्फत बुझिन आएको जानकारी दिए ।
मामा अशोकका अनुसार भान्जीहरु रिंकी र पिंकीले बोकेको मोवाइल चालु भएपछि उनीहरु सम्पर्कमा आएको र सोही आधारमा बृन्दावनको एक धर्मशालाबाट सकुशल अवस्थामा फेला परेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ