News Category 2081/02/03
विद्यालयमा पोषणयुक्त आहारासँगै जुका विरुद्धको औषधी र सचेतना दिइदै
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
सप्तरीको सामुदायिक विद्यालयहरुमा पोषणयुक्त आहारा वितरणसँगै यसको महत्वबारे सचेतना अभियान थालिएको छ ।
पोषण सप्ताह २०८१ को अवसर पारेर सेभ द चिल्ड्रेनको साझेदारीमा सेभ द सप्तरीले यस्तो अभियान थालेको हो ।
सो अभियान जिल्लाको राजविराज नगरपालिका, छिन्नमस्ता, तिलाठीकोईलाडी र विष्णुपुर गाउँपालिकाका विभिन्न वडास्थित ६३ वटा सामुदायिक विद्यालयमा अभियान थालिएको छ ।
बालबालिकामा देखिने विभिन्न खाले स्वास्थ्य समस्याबारे न्यूनिकरणका लागी विद्यार्थी र उनका अभिभावकहरुलाई राखेर जेठ १ गतेदेखि अभियान थालिएको र अभियानको तेश्रो दिन विहीवार पोषण समाग्री वितरणका साथै यसको महत्वबारे जानकारी दिइएको सेभ द सप्तरीका अध्यक्ष धु्रव प्रसाद देवले बताए । विद्यार्थीहरुलाई जुका विरुद्धको औषधी सेवन समेत गराइएको छ ।
तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत विद्यालयका बालबालिकालाई जुकाको औषधी खुवाउन सूरु गरिएको र यो क्रम जेठ ७ गते सम्म चल्ने उनको भनाई छ । साताव्यापी कार्यक्रम अन्तर्गत यसअघि पहिलो दिन पोषण सामाग्री वितरण र प्रर्दशनी, दोश्रो दिन पोषण समाग्रीको महत्वबारे सचेतना लगायतका कार्यक्रम गरिएको थियो ।
यस्तै अभियान अन्तर्गत जेठ ४ गते जुकाको औषधी सेवन गराउने कार्यलाई निरन्तरता, जेठ ५ गते सरसफाई बारे सचेतना, जेठ ६ गते अतिरिक्त क्रियाकलाप र जेठ ७ गते अन्तिम दिन विद्यालयमा स्वास्थ्य र सरसफाईको अवस्थाबारे अन्तरक्रिया र समिक्षा कार्यक्रम हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ