News Category 2081/02/03
साइकलसहित युवक खोला किनारमा मृत फेला

दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
साइकल लिएर घरबाट निस्केको एक युवक भोली पल्ट खोला किनारमा मृत अवस्थामा भेटिएका छन ।
राजविराज नगरपालिका वडा नं. १२ विषहरिया टोल निवासी १९ वर्षिय सुनिल यादव खाँडो खोला किनारमा मृत अवस्थामा भेटिएका हुन् ।
मंगलवार साँझ साइकल चढी घरबाट निस्केका सुनिल बुधवार दिउँसो राजविराज नगरपालिका १३ स्थित पिपराही र भेल्ही बीचको खाँडो खोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक गजुसिद्धी बज्रार्चायका अनुसार युवक साईकलसहित घोप्टो परेको र नाकबाट रगत बगेको अवस्थामा फेला परेका छन् । उनको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।
स्थानीयले उनको कुटपीटबाट मृत्यु भएको आशंका ब्यक्त गरेपनि प्रहरीले पोस्टमार्टम रिर्पोट प्राप्त भएपछि मात्र हत्या भए÷नभएको बारे यकिनका साथ भन्न सकिने जनाएको छ । मृतकका आफन्त र स्थानीयले घटनाको सत्यतथ्य छानवीन हुनु पर्ने माग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
- 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन
- 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ