News Category 2081/02/09
मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल

दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले मुलुकमा राजनीतिक स्थायीत्व कायम रहोस भन्ने उद्देश्यले वर्तमान सरकारलाई समर्थन गरेको बताएका छन् ।
बुधवार राजविराज नगरपालिका वडा ९ मलेठमा नेकपा एकिकृत समाजवादी जिल्ला समिती सप्तरीद्वारा आयोजित बृहत पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन ।
उनले आफ्नो पार्टी जनताको चाहना अनुसार शासन चल्न सकोस् भन्ने चाहेको बताउँदै मधेश प्रदेशमा सरकारमा अहिले सहभागी रहेको तर, भोलीको अवस्था कस्तो बन्ला त्यो परिस्थितीमा भर पर्ने उल्लेख गरे ।
उनले अर्का एक प्रसङ्गमा कान्तिपुर मिडीया गु्रपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी अचम्भीत र दुखद कार्य भएको बताए । “सिरोहिया जनकपुरको वासिन्दा हो भनेर सबैलाई थाहा भएकै कुरा हो, उनले भने, एउटै नम्बरको दुई वटा नागरिकता परेको छ भने त्यो दोष नागरिकता पाउने ब्यक्तीको होइन, नागरिकता दिने प्रशासनको हो ।”
सोधपुछबाटै अनुसन्धान कार्य सुरु गर्न सकिने अवस्था रहे पनि गिरफ्तार नै गरिनु अचम्म र निन्दनीय विषय भएको उनको भनाई छ ।
कार्यक्रममा सो वडाका पूर्वअध्यक्ष शम्भुप्रसाद यादव (लाली) लगायत विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका २ सय भन्दा बढी नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष नेपालले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।
नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, सचिवालय सदस्य पुर्व मन्त्रि रामचन्द्र झा, मधेश प्रदेशका कृषि मन्त्री गोविन्द न्यौपाने, पुर्वमन्त्री रामचन्द्र यादव लगायतले पनि देशको वर्तमान अवस्था र पार्टीको भुमिका बारे आ–आफ्नो धारणा राखेका थिए ।
यस्तै बुधबारै जिल्लाको राजगढ गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि नेकपा एसमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ