News Category 2081/02/12
मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर
राजविराज÷लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनसहित मधेशका माग पूरा गर्नुलाई आफूहरुले बटमलाईन बनाएको बताएका छन् ।
शनिबार लोसपा सप्तरीद्वारा आयोजना गरिएको सदस्यता बितरण अभियान तथा कार्यकर्ता भेलामा आएका उनले सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।
उनले सो माग पुरा नभएसम्म आफूहरुको संघर्ष जारि नै रहने उद्घोष गर्दै विभिन्न आन्दोलनका क्रममा झुठा मुद्दा लगाइएका आफ्ना दर्जनौं नेता कार्यकर्ता अहिले पनि थुनामा २स्रहेकाले त्यस्ता राजनीतिक बन्दीलाई मुद्दा फिर्ता गरि आफूहरुका माग पुरा नगरुन्जेलसम्म वर्तमान सरकारलाई समर्थन दिन नसकिने जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्ड मधेशको माग बारे आश्वासन दिई धोका मात्र दिइने गरेको भन्दै उनले त्यही कारणले आफूहरु उनको नेतृत्वको सरकारलाई विश्वासको मत नदिएको खुलासा पनि गरे ।
उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतमा सहयोग माग्न आएको बेला आफूहरुले चेक र उधारोमा होइन् कार्यान्वयन गरेर देखाए मात्र सहयोग गर्ने भन्दै स्पष्ट जवाफ दिएको बताए ।
माओवादी जनयुद्ध महान हुने अनि मधेश आन्दोलन अपराध हुने ? भनी प्रश्न प्रधानमन्त्रीसँग आफूले गरेको प्रसङ्ग उठाउँदै उनले अब मधेशका माग पुरा नभएसम्म विश्वासको वातावरण बन्न नसक्ने भनेर प्रधानमन्त्री प्रचण्डलाई फर्काइदिएको बताए ।
उनले मधेशका जायज माग पुरा गर्न सरकारलाई दबाब दिन निकट भविष्यमै संघर्षका कार्यक्रमहरु घोषणा गरिने जानकारीका साथ कार्यकर्ताहरुलाई यसका लागि तयार रहन आग्रह समेत गरे ।
लोसपा सप्तरीका अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपाका वरिष्ठ नेता शरद्सिंह भण्डारी, राष्ट्रियसभा सदस्य शेखर सिंह, पूर्वप्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, उपाध्यक्ष जयप्रकाश ठाकुर, प्रदेश सांसद जितेन्द्र सोनल, रानीशर्मा तिवारी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, महादेवा गाउँपालिकाका अध्यक्ष सुनलि मण्डल लगायतले पनि देशको वर्तमान अवस्था र लोसपाको भूमिका बारे चर्चा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ