News Category 2081/02/13
छिन्नमस्तामा सामुदायिक भवन बन्ने
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सामुदायिक भवनको आइतबार शिलान्यास गरिएको छ ।
मधेश प्रदेश सरकारको सहयोगमा निर्माण हुने सामुदायिक भवनको मधेश प्रदेशका सांसद किरणकुमारी साहले आइतबार शिलान्यास गरे ।
ठूलो सभाकक्ष, वासकोठा, कार्यालय तथा भान्सा र शौचालय लगायतका संरचना निर्माण हुने निर्माण स्थल वडा नं. ३ का वडा अध्यक्ष बिजयकुमार यादवले बताए ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास भइरहेको पालिकामा सामुदायिक भवन निर्माणका लागि पहल गर्ने सांसद साह र सहयोग गर्ने मधेश प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने आवश्यकता औल्याए ।
प्रदेश सांसद साहले आफ्नो क्षेत्र मात्र नभई समग्र जिल्लाको विकास चाहेको भन्दै आफ्नो बलबुताले भ्याएसम्म प्रदेश सरकारबाट सहयोग जुटाई विकास निर्माणलाई गतिदिने प्रतिबद्धता जनाइन् ।
प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर भन्दा सात सय मिटरको दुरीमा निर्माण हुन लागेको सामुदायिक भवनले स्थानीयवासीका साथै बाहिरबाट आउने दर्शनार्थीलाई पनि सहज हुने विश्वास गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ