News Category 2081/02/13
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास

दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
भारतीय स्वतन्त्रता संग्राममा सप्तरीका तत्कालिन युवाहरुले पु¥याएको योगदानको सम्मानमा भारत सरकारले जिल्लामा १३ करोडको लागतमा आइतबार एक परियोजनाको शिलान्यास गरेको छ ।
नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा एक समारोहबीच “जेपी–लोहिया–रामेश्वर मेमोरियल ट्रष्ट आश्रम भवन निर्माण” परियोजनाको शिलान्यास गरेका हुन् ।
कुल १३ करोड ३ लाखको बजेट रहेको उक्त परियोजनाको शिलान्यास गर्दै भारतीय राजदुत नवीन श्रीवास्तावले भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालीहरुले पु¥याएको योगदानलाई जिवन्त राख्न ऐतिहासिक संरचना निर्माणमा भारत सरकारले सहयोग गर्न लागेको बताए ।
उनले नेपाल र भारतका जनताले दुबै देशको प्रजातन्त्रिक आन्दोलनमा सहयोग गरेको स्मरण गर्दै यो सहयोग कहिले बिर्सिन नसकिने खालको रहेको बताए । उनले भारत सरकारले नेपालका मुख्य बजारहरुलाई जोड्न कतिपय सहरका सीमासम्म रेल र सडक मार्ग पु¥याइसकेको बताउँदै भविष्यमा यस्ता कार्यले निरन्तरता पाउने जनाए ।
भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा भारतका समाजवादी नेता डा. राममनोहर लोहिया, जयप्रकाश नारायण, कात्र्तिक प्रसाद सिंह, डा. बैजनाथ झा, अवधनारायण सिंह लगायत एक दर्जन नेतालाई तत्कालिन राणा सरकारले बन्दी बनाई सप्तरीको हनुमाननगर जेलमा राखेको थियो । उनीहरुलाई त्यति बेला सप्तरीका क्रान्तिकारी युवाहरु रामेश्वर प्रसाद सिंह, तारणी प्रसाद सिंह, कमानन्द मिश्र, अब्दुल मियाँ, सेवक माझी लगायतले जेलमा आक्रमण गरि जेलमुक्त गराएर भारतको न्योरसम्म पु¥याउन सहयोग गरेका थिए ।
योजनाका लागि स्व. रामेश्वर सिंहका सुपुत्र हिम्मत सिंहले ३० लाख मुल्य पर्ने ५ कठ बहुमुल्य जग्गा निशुल्क उपलब्ध गराएपछि भारत सरकारले ऐतिहासिक संरचना निर्माणका लागि सहयोगको हात अघि बढाएको ट्रष्टले जनाएको छ । जग्गादाता सिंहले आवश्यक परे योजनाका लागि थप ५ कठ जग्गा दिने घोषणा समेत गरेका छन् ।
परियोजना अन्तरगत बनाइने उक्त संरचनामा सभाकक्ष, हेल्थ पोष्ट, अतिथिगृह, कार्यालय भवन, स्विमिङ पुल, बगैचा, पुस्तकालय, संग्रहालय लगायत रहेको योजनाका इन्जिनियर संजिवनारायण यादवले जानकारी दिए ।
जेपी–लोहिया–रामेश्वर मेमोरियल ट्रष्टका अध्यक्ष हिम्मत सिंहको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा राष्ट्रियसभा सदस्य शेखर कुमार सिंह, प्रदेश सांसद सतिशकुमार सिंह, प्रमुख जिल्ला अधिकारी किरण थापा, हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर बिरेन्द्र माझी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, उच्च अदालत बार एशोसिएशन राजविराजका अध्यक्ष हरेराम यादव, कानुन व्यवसायी हेमनारायण चौधरी लगायतले पनि नेपाल–भारतको सम्बन्ध तथा आपसी हितका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ