News Category 2081/02/14
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित गराएपछि वास र पालको भरमा शर्मा परिवार
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
विगत ५५ वर्षदेखी बसोवास गरेको जग्गाबाट बिस्थापित गराइएपछि तीन परिवार वास र पालको भरमा बस्न बाध्य भएका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ६ कठौनाका तीन परिवार वास र पालको भरमा बस्न बाध्य भएका हुन् ।
सोही ठाउँका स्व. बिलट चौधरीका छोरा जोगेन्द्रले ७ धुर जग्गामा बसोवास गर्दै आइरहेका रामप्रकाश शर्मा, ओमप्रकाश शर्मा र जयप्रकाश शर्मालाई उक्त ठाउँ खाली गर्न लगाई घर समेत तोडफोड गरेर कबुल गरेको सट भर्ना जग्गा नदिदा उनीहरु बिचल्लीमा परेका छन ।
बिलट चौधरी कहाँ हलो, कोदालो, फर्निचर निर्माणको काम गर्दै आएका शर्मा परिवारलाई काम गरे वापत ७ धुर जग्गा उपलब्ध गराएपछि विगत ५५ वर्षदेखी आफूहरु फुसको झुप्रो बनाई त्यहा बसोवास गर्दै आइरहेकोमा अहिले उठिवास गराएर कबुल गरेको जग्गा समेत नदिँदा आफूहरुको बिल्लीबाठ भएको पीडित मध्येका रामप्रकाश शर्माले बताए ।
बिलट चौधरीको केही समय अघि मात्र निधन भएको थियो । बिलट चौधरी बाचुन्जेल कुनै प्रकारको हस्तक्षेप नगरे पनि निजको मृत्यु भएपछि छोरा जोगेन्द्रले आफूहरुलाई बलजफ्ती निकालेको पीडित मध्येकी सरिता देवी शर्माले बताइन् । “यहाँको जग्गा खाली गरि देउ त्यसवापत सोही वडाको अर्को ठाउँमा १५ धुर जग्गा सटभर्ना दिन्छु भनी कठौना प्रहरी चौकीमा समेत जोगेन्द्रले सहमति गरेको सुनउाँदै उनले भनिन्, आफ्नो घर अगाडीको हाम्रो घर भत्काएर अहिले प्रहरीसमक्ष गरेको सहमति समेत उल्लंघन गर्नाले हामीलाई बालबच्चालाई सुरक्षित राख्न समेत समस्या भएको छ ।
बलजफ्ती शर्मा परिवारलाई त्यहाँबाट हटाइएपछि अहिले भूमिअधिकारकर्मीहरुको अगुवाई शर्मा परिवारलाई पुनःसोही स्थानमा बाँस, पाल, टाटी र परालको व्यवस्था गरी बसोवासको व्यवस्था मिलाइएको जिल्ला भूमि अधिकार मञ्चका सदस्य एवं दलित अगुवा युक्तिलाल मरिकले बताए ।
यद्दपी चौधरी पक्षबाट फेरी पनि खाली गर्न दबाब सुरु भएको उनको भनाई छ । उनले शर्मा परिवारलाई उठिवासबाट जोगाउन मञ्चका जिल्ला अध्यक्ष सुरहित सदा, सचिव बासुदेव दास, कोषाध्यक्ष कारी दास, सदस्य रामा सदा लगायतको अगुवाईमा निकै प्रयास गरेपनी जोगेन्द्रले नमानेको गुनासो पोखे ।
सोमबार एक प्रेस विज्ञप्तिमार्फत उनले यस्तै प्रकृतीको घटना सोही नगरपालिकाको वडा ७ का गंगा सदा र अहुरलिया देवी सदा माथी समेत भएको भन्दै पीडितलाई न्याय दिलाउन पहलका लागि सबै सँग आग्रह गरेका छन् ।
यसबारे जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले यस विषयमा पीडित भनिएकाहरुबाट आफू कहाँ उजुरी नआएको बताए । यद्दपी पत्रकारहरुबाट भर्खर जानकारी प्राप्त भएकाले घटनाको सत्यतथ्य बुझ्ने र छानबिन गरी दोषिलाई कानुनी दायरामा ल्याउने उनको कथन छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ