News Category 2081/02/15
गर्मीले जनजीवन कष्टकर बन्दै, सर्पदंशको त्रास, अस्पतालमा बिरामी बढे, बजार सुनसान

दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
अत्याधिक गर्मीले मधेशको जनजीवन कष्टपुर्ण बनेको छ । विगत एक सातादेखी बढेको अत्याधिक गर्मीले सप्तरीसहित अन्य जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
सदरमुकाम राजविराजको तापक्रम ३८–४० डिग्रीसम्म पुग्ने गरेको छ । बिहान ८ बजे ३२ डिग्री हुँदै दिउँसो ३ बजेसम्म ४० डिग्रीसम्म पुग्ने गरेको छ । जसकारण स्थानीयको जनजीवन नै अस्तव्यस्त बनेको छ ।
अत्याधिक गर्मीले सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्यामा कमी आएको छ । मानिसहरुको बढी भिडभाड हुने जिल्ला प्रशासन र मालपोत कार्यालयमा समेत सेवाग्राहीको संख्या घटेको छ । गर्मीका कारण लु लाग्ने अवस्था आएको छ । सडकमा दिउँसो मानिसहरुको चहलपहल निकै पातलिएको छ । अति आवश्यक काम बाहेक मानिसहरु घर बाहिर निस्कन छाडेका छन ।
गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार समेत प्रभावित भएको छ । बिहान ८ बजेदेखी नै चर्को घाम लागेपछि सामान किनमेल गर्ने आउने जसोतसो सामान खरीद गर्ने गरेका छन् । दिउँसो बजारमा मानिसहरुको चहलपहल अत्यन्त कम हुने गरेको छ ।
बिहानैदेखी तापक्रम बढ्दै जाँदा मानिसहरु चिसो पदार्थ सेवन गरिरहेका छन् भने आइसक्रिम, चिसो मिनरल वाटरको बिक्रि समेत बढेको छ । गाउँघरमा शरीरलाई चिसो पार्न स्थानीय पोखरी, नहर, नदीमा नुहाउने गर्छन् ।
यता अत्याधिक गर्मी बढे पछि जिल्लाका कतिपय विद्यालयहरुमा बिदा दिइएको छ भने कतिपय अझै संचालनमै छन् । केही विद्यालय अझै संचालनमा रहँदा स–साना बालबालिकाहरु अत्याधिक गर्मीमा पनि विद्यालय जान बाध्य छन् । कतिपय विद्यालयहरुको कक्षा कोठा टिनको छाना रहेकाले त्यहा पंखाको व्यवस्था नहुनु र भए पनि विद्युत आपूर्ती सहज ढंगले सुचारु नहुदा गर्मी मै पठनपाठन गर्न बालबालिकाहरु बाध्य छन् ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ । अस्पतालस्थित आकास्मिक कक्षमा खास गरी निमोनिया, ज्वरो, डाइरियाका बिरामीहरु भर्ना रहेको छ ।
यस्तै गर्मीसँगै सर्पदंशको घट्ना अत्याधिक बढेको छ । दैनिक ५÷६ जना सर्प दंशबाट घाइते भएका विरामीहरु आउन थालेका छन उनले भने मंगलवार मात्रै सर्प दंशबाट घाइते भएका ५ जना उपचारका लागी अस्पताल भर्ना भएका छन ।
सात दिन यता ४ दर्जन भन्दा बढी सर्प दंशका विरामी उपचारका लागी आएको गजेन्द्र नारायण सिंह अस्पतालका अहेव जयकृष्ण गुरमैताले जानकारी दिए । सर्प दंशको घट्ना ह्वातै बढेपछि अस्पतालमा “एन्टी स्नेक भेनम” नामक औषधी प्रर्याप्त मात्रामा झिकाई स्टक गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
चिकित्सकहरुले गर्मीले लु लाग्ने भएर मान्छे मुर्छित भएर उच्च रक्तचाप बढेपछि मस्तिष्कघात, हृदयघात, पक्षाघातलगायतका रोग लागेर एकाएक मान्छेको ज्यान जाने सम्भावना समेत बढेकोले सतर्कता अपनाउन अनुरोध गरेका छन ।
गर्मीबाट बाँच्नका लागि प्रसस्त मात्रामा पानी पिउन, झोलपदार्थ बढि खान, घाममा ननिस्कन, सितलमा बस्न, थोरै खानुलगायतका घरेलु प्रविधि अपनाएमा जोगिन सक्ने चिकित्सकहरुको सुझाव छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ