News Category 2081/02/16
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र
नवीनकुमार गुप्ता
राजविराज, १६ जेठ ।
आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सप्तरी जिल्लाका स्वास्थ्य क्षेत्रको विकासमा केही सुखद रहने छ भने अन्य क्षेत्रको विकासमा शुन्य जस्तै रहको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा जिल्लाको एक मात्र सरकारी अस्पतालको स्तरोन्ती र बहुप्रतिष्ठित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अगाडी बढाउन बजेट बिनियोजन गरेको उल्लेख गरेका छन् ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ५० शैयाबाट अब ५ सय शैयामा स्तरोन्नति हुने भएको छ । यस अस्पतालसहित मुलुकको कर्णाली, पोखरा, पाटन, राप्ती र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी, डडेल्धुरा अस्पतालको समेत स्तरोन्नती हुने भएको छ ।
यसअघि सो अस्पताल संचालन भएको समयदेखी नै ५० शैयामै सीमित छ । तत्कालिन स्वास्थ्य मन्त्री राजेन्द्र महतोले अस्पतालको नयाँ भवन उद्घाटन गरेपछि ३ सय शैयामा संचालन हुने भनिए पनि अस्पतालको स्तरोन्तरी हुन सकेको थिएन ।
तत्कालिन सगरमाथा अंचल अस्पतालको नामबाट संचालन भएको यस अस्पताल नेपालमा गणतन्त्र स्थापना भएपछि नाम परिवर्तन गरि गजेन्द्र नारायण सिंह अस्पतालमा रुपान्तरण भएको थियो । हाल ५० शैयाको जिल्लाको एक मात्र सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा पनि सो अनुसारको दक्ष जनशक्ति, उपकरण र दरबन्दीको अभाव कायमै रहेको छ ।
यस्तै बजेट भाषणमै जिल्लाको सबै भन्दा बढी बहुप्रतिष्ठित परियोजना रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट पनि छुट्टयाएको जनाइएको छ ।
एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए ।
प्रतिष्ठानको पुर्वाधार तयारी विकास समिती कार्यालयको लागि आर्थिक वर्ष २०७५÷०७६ मा १६ करोड १० लाख रुपैया बजेट विनियोजन भएको थियो । जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको थियो भने १२ करोड ९३ लाख ५२ हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको थियो । कुल ११ अर्ब ९८ करोड रुँपैयाको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।
यसअघि जिल्लाकै बहुप्रतिष्ठित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दैै विगत स्थानीयहरुले रिले अनशन समेत गरेका थिए । सोही अनशनप्रति समर्थन गर्दै सप्तरी युथ नेपालले तीन चरणको आन्दोलनको घोषणा पनि गरेको थियो ।
तर, सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सीके राउतले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त भएको खुलासा गरेका थिए । उनले प्रतिष्ठान निर्माण प्रक्रिया बारे भ्रम फैलाइएको आरोप लगाउँदै सामाजिक संजालमा लेख्दै भनेका छन्, “प्रतिष्ठान निर्माणमा समय किन लाग्दैछ भने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठनादेशको म्याद २५ महिना मात्रै थियो र २०७८ सालमै समाप्त भइसकेको थियो । अर्थात् म निर्वाचित हुनु एक÷डेढ वर्ष अगाडि नै यो परियोजना बन्द भइसकेको थियो किनकी कसैले यसलाई नवीकरण गर्ने पहल गरेनन् ।”
सांसद डा. राउतले प्रतिष्ठान सम्बन्धी सबै प्रक्रिया अहिले ’जिरो’ बाट शुरू गर्नु परेको जनाउँदै नयाँ गठनादेश लेखाएर कानून मन्त्रालयबाट पास गरि त्यसलाई अर्थ मन्त्रालयबाट पास गर्दै, मन्त्री परिषद्मा लग्नु परेको उल्लेख गरेका छन् । उनले आफ्नो पहलमा नयाँ गठनादेश ’रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०८०’ लेखाएको दाबी समेत गरेका छन् ।
उनले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आ.व. २०७६÷७७ मा ४० करोड बजेट निकासा गरिएपनि उक्त बजेट फ्रिज भएको उल्लेख गरेका छन् । त्यस्तै आ.व. २०७७÷७८ मा ११ करोड बजेट खर्च गर्न नसकेपछि ४ करोड गजेन्द्र नारायण सिंह अस्पतालमा र ६ करोड ५० लाख रकमान्तर गरी अन्यत्र हालिएको तथा आ.व. २०७८÷७९ मा बजेट नरहेको (समितिको म्याद सकेर परियोजना बन्द भइसकेको) जानकारी पनि दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ