News Category 2081/02/20
ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु, २० जना घाइते
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित भारदह–कुनौली सडक खण्डमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।
स.१त.३३०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सोही नगरपालिका १ भारदह निवासी २५ वर्षिय आनन्द कुमार मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार माटो बोकेर आफै ट्याक्टर चलाएर आइरहेको बेला सकरदही नजिकैको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
यस्तै जिल्लाको कंचनरुप नगरपालिका ३ सुब्बा टोलमा शनिबार राती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भिर छ ।
आँप बोकेर जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका जण्डौलबाट कंचनपुरतर्फ जाँदै गरेको स.१त. ६२९५ नम्बरको ट्याक्टर राती ८ बजे पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । तिब्र गतिमा रहेको ट्याक्टर सडकबाट करिब १० फिट तल खेतमा खसेको थियो ।
दुर्घटनामा परी कंचनरुप नगरपालिका ७ का २१ वर्षिय शुशिल राम र सिरहाको लहान नगरपालिका १९ का ३२ वर्षिय मो. इरसादको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।
दुर्घटनामा गम्भिर घाइते भएका कंचनरुप नगरपालिका ७ का २४ वर्षिय दिनेश सरदारको बिराटनगर तथा अन्य घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
थिचिएको अवस्थामा ट्याक्टरमा सवार घाइतेहरुको उद्दार गरी अस्पताल पु¥याइएको प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ