News Category 2081/02/20
ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु, २० जना घाइते
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित भारदह–कुनौली सडक खण्डमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।
स.१त.३३०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सोही नगरपालिका १ भारदह निवासी २५ वर्षिय आनन्द कुमार मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार माटो बोकेर आफै ट्याक्टर चलाएर आइरहेको बेला सकरदही नजिकैको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
यस्तै जिल्लाको कंचनरुप नगरपालिका ३ सुब्बा टोलमा शनिबार राती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भिर छ ।
आँप बोकेर जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका जण्डौलबाट कंचनपुरतर्फ जाँदै गरेको स.१त. ६२९५ नम्बरको ट्याक्टर राती ८ बजे पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । तिब्र गतिमा रहेको ट्याक्टर सडकबाट करिब १० फिट तल खेतमा खसेको थियो ।
दुर्घटनामा परी कंचनरुप नगरपालिका ७ का २१ वर्षिय शुशिल राम र सिरहाको लहान नगरपालिका १९ का ३२ वर्षिय मो. इरसादको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।
दुर्घटनामा गम्भिर घाइते भएका कंचनरुप नगरपालिका ७ का २४ वर्षिय दिनेश सरदारको बिराटनगर तथा अन्य घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
थिचिएको अवस्थामा ट्याक्टरमा सवार घाइतेहरुको उद्दार गरी अस्पताल पु¥याइएको प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ