News Category 2081/02/21
दश मिनेटको हावाहुरीले लाखौंको क्षती
दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
सोमवार दिउँसो हल्का वर्षा संगै अचानक दश मिनेटसम्म चलेको हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, विद्यालय, मन्दिर, कार्यालय प्रतियोगितास्थल लगायत स्थानमा लाखौंको क्षती भएको छ ।
कतिपय ठाउँमा रुख र विद्युतीय पोल ढल्दा सडक आवागमन र विद्युत आपुर्ती सेवा पनि अवरुद्ध भएको छ । राजविराजको हनुमान मन्दिर, बाबा भुतनाथ मन्दिर, नेपाल टेलिकमको शाखा कार्यालय, कतिपय विद्यालय र घरको छाना उडाएको छ ।
हावाहुरीका कारण नगरको मुख्य बजार मेनरोडमा २ वटा रुख ढलेर आवागमन प्रभावित भएको छ । यस्तै राजविराज–हनुमाननगरको देउरी सडक खण्डमा २ वटा विद्युतीय पोल र आधा दर्जन जती रुख सडकमा ढलेर सो मार्गमा आवागमन प्रभावित हुनुका साथै नगरमा विद्युत आपुर्ती सेवा पनि ठप्प भएको छ ।
कतिपय पालिकामा सोलार प्यानल उडाएको छ । यता हावाहुरीले स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय खेल मैदानमा संचालित सप्तरी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थलमा पनि ठुलै क्षती पुगेको छ ।
प्रतियोगिता आयोजक क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठका अनुसार हावाहुरीले २५ लाख भन्दा बढीको क्षती भएको छ । उनले खेलको प्रत्यक्ष प्रसारणका लागी लगाइएको ३ वटा क्यामरा, बहुमुल्य उपकरण, साउण्ड सिस्टम, टेन्ट पण्डाल, कुर्सी, स्क्रीन बोर्ड, प्रचार प्रसार लगायतका समाग्री नष्ट भई २५ लाख भन्दा बढीको क्षती भएको बताए ।
यस्तै ५ मिनेटको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा लाखौको क्षती भएको बताइएको छ । प्रहरीले क्षतीको विवरण संकलन गर्ने कार्य भईरहेकाले यकिन विवरण उपलब्ध गराउन केही समय लाग्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ