News Category 2081/02/21
बिटौरी जग्गा पीडितहरुले आन्दोलन गर्ने
दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
राजविराज नगरपालिकाको मुख्य बजारमा बर्षाैदेखी बसोवास गर्दै आएका हजारौ परिवारले हालसम्म लालपूर्जा आप्mनो नाममा नपाएपछि समस्यामा परेको भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका छन् । उनीहरुको घर नक्शा पास समेत रोकिदा झनै पीडामा छन् ।
बि.स. २०१६ साल मै नगरपालिका घोषणा भएर नगरको मूख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ–बाँया रहको हजारौं परिवार वर्षाैदेखि लालपूर्जा नपाएको र नगरपालिकाबाट नक्शा पास तथा मालपोत कार्यालयबाट रोक्का प्रक्रिया लामो समय देखी रोकिएपछि मर्कामा परेका हुन् ।
नागरिक अगुवा मो. कौसर अलीले नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीनले यस अघि पनि बिटौरी जग्गा बाहक पीडितहरु संग गरेको बाचा पुरा नगरको भन्दै अब फेरी आन्दोलन थाल्ने तयारी भईरहेको बताए ।
उनले सोमवार पीडितहरुको बसेको बैठकले आगामी साता नगरभरी म्याकिङ्ग÷प्रचार प्रसार गरी बिटौरी जग्गा बाहक पीडीतहरुको बृहत बैठक बोलाउने निर्णय भएको बताए । सोही बैठकबाट जुलुश, सभा, ¥याली, प्रर्दशन, रिले अनशन लगायतका चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा हुनेछ, उनले भने – “अब माँग पुरा नभएसम्म आन्दोलन सशक्त रुपमा अगाडी बढ्छ ।”
जग्गाबापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा वसोवास र विगतमा समस्या परेका वेला सोही बिटौरी रसिदका आधारमा उल्लेखित जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरुले सो सेवा सुविधाबाट बञ्चित छन् ।
विगत ८ वर्ष देखि श्रेस्ता र कम्प्युटरमा कुनै रेर्कड नभएको भन्दै भुमिसुधार तथा मालपोत कार्यालयले ब्गस्रोक्का गर्न नमानेपछि मुख्य बजारका वासिन्दा बैंक तथा वित्तिय संस्थाबाट पाउनु पर्ने सेवा सुविधाबाट बञ्चित भएका हुन । पहिले पहिले बिटौरी रसिद कै आधारमा बंैकमा जग्गा धितो राखी कारोबार गर्दै आएको थिए, राजविराज–४ का रेडिमेड पसल संचालक मो.अख्तरले भने–“अहिले मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि बैंकले पनि ऋण दिन मान्दैन ।”
बिटौरी जग्गाको वर्षाै देखि कर लिने गरेको राजविराज नगरपालिका कार्यालयले लालपूर्जा र नक्शापास उपलब्ध नगराउँदा बंैकले त्यस्तो जग्गा स्वीकार नगर्ने गरेकाले ब्यापार व्यवसाय पनि चौपट बन्दै गएको अर्का ब्यवसायी सन्दिप दासले बताए ।
बिटौरी जग्गाको लालपूर्जा नपाएको तथा नक्शापास समेत रोकिदा नगरका करिब ५ हजार परिवार समस्यामा परेको उनको भनाई छ ।
विटौरी जग्गा समस्या समाधानका लागी आफ्नै अगुवाईमा पटक÷पटक सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाउदै आन्दोलनका विभिन्न कार्यक्रम गर्दैै आएपनि सम्बन्धित निकायबाट आश्वासन बाहेक केही पाउन नसकिएको उनले बताए ।
सप्तरी सदरमुकाम राजविराजको मुख्य बजार मेनरोड आसपासको ६८ विघा जग्गा पछिल्लो ८ वर्ष देखि बिक्रि–वितरण गर्न र बैंकमा राख्न सरकारले रोक लगाएको निर्माण व्यवसायी संघ सप्तरीका पूर्व अध्यक्ष समेत रहेका राजविराज ४ निवासी राम अशिष स्वर्णकार बताउँछन । बिटौरी जग्गाको अहिले न कित्ताकाट हुन्छ, न खरिद बिक्रि नै, उनले भने–“जसकारण नगरका ५ हजार भन्दा बढी परिवार ८ वर्ष देखि समस्या भोग्दै आएका छन् ।”
बिटौरी जग्गा हरेक वर्ष निर्वाचनका बेला चुनावी मुद्दा बन्ने गरेको छ । पछिल्लो पटकको निर्वाचनमा राजविराज नगरपालिकाको नेतृत्व सम्हाल्न पुगेका दल र तीनका उम्मेदवारको घोषणा पत्रको ३ नम्बर बुंन्दा मै विटौरी जग्गा समस्याको समाधान ३ महिना भित्रै गरिने प्रतिबद्धता ब्यक्त गरिएको थियो । तर चुनाव जितेको ३ वर्ष हुन लाग्दा समेत सो प्रतिबद्धता पुरा नगरिएको राजविराज ३ का दिपेन्द्र दासको कथन छ ।
नगरपालिकाको हालको वडा ३, ४, ५, ६, ७, ८ र ९ का ५ हजार भन्दा बढी परिवार विटौरी जग्गा सम्बन्धि समस्यामा छन् । राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले सरकारको नीतिका कारण समस्या भएको भन्दै उक्त समस्या समाधानका लागी नगरसभाबाट समेत प्रस्ताव पारित गरी आवश्यक पहल थालिएको बताएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ