News Category 2081/02/22
अख्तियारमा राजगढ गाउँपालिकाबाट १४ उजुरी
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सप्तरी जिल्लाबाट सबैभन्दा बढी उजुरी परेको छ ।
मंगलबार सप्तरीको राजगढ गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि सम्पन्न पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी शाखाको प्रहरी निरिक्षक सन्तोष कुमार रायले आर्थिक वर्ष ०७९÷०८० मा सप्तरीबाट ३ सय ५९ वटा उजुरी परेकोमा राजगढ गाउँपालिकाबाट १४ वटा उजुरी परेको जनाएका छन् । जसमध्ये ५ वटा फच्र्याेट भएको छ भने ९ वटा बाँकी रहेको उनको भनाई छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी शाखाका डिएसपी खगेन्द्र बहादुर खडकाको अध्यक्षता तथा राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेणु कुमारी मण्डल, प्रमुख प्रशासकीय अधिकृत रमेश यादव, पालिकाका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुको समेत सहभागीता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ