News Category 2081/02/24
बट सावित्री पर्व मनाइयो

दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
श्रीमान्को दिर्घ जीवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित यूवतीदेखि बृद्धासम्म विहिवार बट सावित्री पर्व मनाएका छन् ।
प्रकृतिपुजक मिथिला सभ्यतामा बट (बर) को रुखलाई जेठ औसीको दिन विशेष पूजा गर्ने चलन छ । जसलाई बट सावित्री पर्व भनिन्छ । यस अवसरमा विहीवार राजविराज नगरपालिकाले मातहतका सबै महिला कर्मचारीका लागी सार्वजनिक विदा नै दिए ।
ब्रतालु महिलाहरुको सर्वाधिक भीड भगवती मन्दिर परिसरमा रहेको बटबृक्ष मुनि देखिएको थियो । आफ्नो श्रीमानको दिर्घजीवन तथा सुस्वास्थ्यको कामना गर्न ब्रतवसी पुजामा सहभागी भएको ब्रतालु महिलाहरुले बताइन । बट बृक्षको पूजा सकेर मात्र व्रतालुहरु अन्नजल ग्रहण गर्ने परम्परा छ ।
बटबृक्षलाई मैथिलीमा बरको “गाँछ” भनिन्छ । मैथिलीमा श्रीमानलाई “बर” भनिन्छ । मिथिला संस्कृतिमा श्रीमानलाई देउताका रुपमा पूजा गर्ने पुरातन परम्परा हो ।
धार्मिक मान्यताका अनुसार सावित्रीले आफ्नो मृत पति सत्यवानको पुनजीवन प्राप्तीका लागी बटबृक्ष कै फेदमा पूजा गरेकी थिइन । सो पूजा पछि सत्यवानले पुनजीवन प्राप्त गरेकाले सोही मान्यताका आधारमा बटबृक्षको पूजा गर्ने चलन सूरु भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ