News Category 2081/02/24
बातावरण दिवसमा बृक्षारोपन
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
विश्व वातावरण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय सप्तरीद्वारा बृक्षारोपन तथा बोटविरुवा बितरण कार्यक्रमको आयोजना गरिएको छ ।
हाम्रो भूमि, हाम्रो भविष्य नाराका साथ बिहीबार बृक्षारोपन तथा बोटविरुवा बितरण कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्लाको तिरहुत गाउँपालिका लोहजरास्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल ठाकुर बाबा दहको डिलमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ । धुपी, सल्ला, मसाला, तेजपात, आँप, लिचि लगायतका दर्जनौं विरुवा रोपिएको डिभिजन वन अधिकृत शुभाषचन्द्र दासले जानकारी दिए ।
सोही अवसरमा विभिन्न स्थानीय निकाय, संघसंस्था र सरकारी कार्यालयहरुलाई आ–आफ्नो कार्यालय परिसरमा बृक्षारोपनका लागि विभिन्न प्रजातीका ४ हजार बोट विरुवा उपलब्ध गराइएको छ ।
बृक्षारोपन तथा वितरण कार्यक्रममा वनका कर्मचारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । रेन्जर लक्ष्मण साफीका अनुसार जिल्लाको कंचनपुर, रुपनी, दौलतपुरमा रहेको वन नर्सरीबाट उक्त परिमाणको बोटविरुवा उपलब्ध गराइएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ