News Category 2081/02/24
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
विपद्का बेला आउने विभिन्न समस्या समाधानका लागी सबल नेपालको समन्वयमा सप्तरीका चार पालिकासहित सेना पनि जुटेको छ ।
अन्तराष्ट्रिय एकिकृत पर्वतिय विकास केन्द्र, (इसिमोड) को सहयोग, नेपाली सेनाको वरख गणको समन्वय तथा सवल नेपाल राजविराजको आयोजनामा हाईग्रीड परियोजना अन्तर्गत चार दिने समुदायमा आधारित विपद व्यवस्थापन, विपद प्रतिकार्य तथा बाढी पूर्व सूचना प्रणालीको दिगोपना सम्बन्धि तालिम संचालनमा छ ।
बाढीको उच्च जोखिममा रहेका रुपनी गाउँपालिका, महादेवा गाउँपालिका, राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, विपद व्यवस्थापन अधिकृत, सेना लगायत विभिन्न सरोकारवालालाई एकै ठाँउमा राखेर बाढी पूर्वतयारी स्वरुप विपद व्यवस्थापन सम्बन्धि अभ्यास र सचेतना तालिम संचालनमा रहेको छ ।
उक्त कार्यक्रम विपदको सामना तथा बाढीबाट जोगिन र क्षति न्यूनिकरण गर्ने उद्देश्यले संचालनमा ल्याइएको सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले बताए ।
जेठ २५ सम्म चल्ने अभियानमा बिहीबार राजविराजस्थित बरख गणका जवानहरुले प्राकृतिक विपदको सामना गर्न पूर्वतयारी स्वरुप आवश्यक तालिम प्रशिक्षणका साथै कृत्रिम अभ्यास र कलाकौशल समेत प्रर्दशन गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ