News Category 2081/02/25
सप्तरीका २४ जनाले विदेशमा गुमाए ज्यान
दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।
सप्तरीबाट बैदेशिक रोजगारमा गएका मध्ये १० महिनामा २४ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक बर्षको १० महिनामा वैदेशिक रोजगारका क्रममा २४ जना यूवाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
शुक्रवार राजविराज नगरपालिकाको आयोजना, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका र राजगढ गाउँपालिकाको सहकार्यमा आयोजित “सुरक्षित वैदेशिक रोजगारीका लागी संचारकर्मीहरु संगको अन्तरकृया” कार्यक्रममा यस्तो तथ्याँक सार्वजनिक गरिएको हो ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) परियोजना अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा कार्यक्रम संयोजक राजेन्द्र यादवले प्रस्तुत गरेको प्रतिवेदनमा २०८० साउन देखि २०८१ जेठ २५ सम्ममा वैदेशिक रोजगारीका लागी विभिन्न मूलुक गएका मध्ये २४ जनाको मृत्यु भएको उल्लेख छ ।
सीप र सूचना नलिई वैदेशिक रोजगारीमा जाँदा धेरै नेपाली अलपत्र पर्ने, विभिन्न दुर्घट्ना र रोगको शिकार हुने र अन्त्यमा ज्यान सम्म गुमाउने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
यसै अवधिमा वैदेशिक रोजगारी ठगीका ३८, काम फरकका ६६, असहज कामका ४, स्वास्थ्य समस्याका ३, विभिन्न कारणले विदेशी भुमीमा जेल गएका ४ र सम्पर्क विहिन भएका ४ घट्ना भएको उजुुरी प्राप्त भएको आप्रवासी श्रोत केन्द्र सप्तरीकी परामर्शदाता नीता चौधरीले बताईन ।
वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दाे बनाउनका लागी नगरपालिका र सुरक्षित वैदेशिक रोजगारका लागी आप्रावासी श्रोत केन्द्रको सहकार्यमा सामुदाय स्तरमा विभिन्न गतिविधी थालिएको उनको भनाई छ ।
कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै हेल्भिटास नेपालका कार्यक्रम अधिकृत राम प्रमेश मण्डलले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन वैदेशिक रोजगारीमा जाने यूवा यूवती र तिनका परिवारलाई लक्षित गरी जिल्लाको विभिन्न पालिकामा मनोसमाजिक परार्मश, वित्तिय साक्षरता, निःशुल्क कानूनी सहायता (न्यायमा पहुँच), सूचना तथा परामर्श सेवा (सूचनामा पहुँच) लगायतका कार्यक्रम संचालन गरिएको बताए ।
परियोजनाले हरेक जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सूचना केन्द्र, वैदेशिक रोजगारीमा जान इच्छुकलाई निःशुल्क सीपमूलक तालिम, रोजगारीमा रहेकाहरुमा पारिवारीक विचलन आए सहजीकरणको भूमिका, रोजगारीबाट आउने रेमिट्यान्स सदुपयोग गर्न व्यवसायिक लगानीका लागी आवश्यक परार्मश, विदेशमा कम्पनीबाट ठगिएकाहरुलाई न्यायका लागी कानूनी परार्मशमा सहयोग, मुदामामिला, क्षतिपुर्ती राहत तथा अन्य प्रकृयाका लागी सहयोग गर्दै आएका उनले जनाए ।
वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दाे र मर्यादित बनाउनका लागी समूहस्तर मै गएर जानकारी गराउने उदेश्यले यस्ता गतिविधी तिब्र पारिएको आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ