News Category 2081/02/26
नेता मण्डलले छाडे लोसपा
राजविराज÷लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डलले शनिबार पार्टी परित्याग गरेका छन् ।
सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी ४५ वर्षीय मण्डलले अध्यक्ष महन्थ ठाकुरलाई पठाएको राजिनामा पत्रमा नेतृत्वमाथि मधेशका जनताको भावना अनुसार पार्टी चलाउन नसकेको प्रमुख आरोप लगाएका छन् ।
उनले केन्द्रीय समिति विस्तारमा सन्तुलन मिलाउन नसकेको, अधिवेशन गराउन नसकेको, गुटबन्दी र चाप्लुसीको भरमा पार्टी चलेको, जनताको एजेन्डालाई थाम्न नसकेको, गन्तव्यतर्फ अगाडि बढ्न नसकेको, जनताले दिएको अभिमत र समर्थनलाई सत्ता सहभागिताको जोड घटाउमा मात्र प्रयोग गर्ने गरेको तथा संगठन निर्माण र विस्तारका लागि कुनै ठोस योजनाहरू ल्याउन नसकेको लगायतका दर्जनौं आरोप र गुनासा राजिनामा पत्रमा उल्लेख गरेका छन् ।
उनले नेतृत्ववर्गको गलत निर्णयहरूका कारण मधेस आन्दोलनका अगुवाहरूमा निराशा छाएको समेत राजिनामा पत्रमा उल्लेख गरेका छन् । २०६९ सालमा तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सहमहासचिवसम्मको जिम्मेवारीमा रहेका उनी पछि ६ दल मिलेर बनेको राजपाको केन्द्रीय सहमहासचिव बनेका थिए ।
राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच २०७७ वैशाख १० मा एकीकरण भई जनता समाजवादी पार्टी गठन भएपछि उनी केन्द्रीय सदस्य बनेका थिए । जसपा टुक्रिएपछि उनले ठाकुरको नेतृत्वमा बनेको लोसपा रोजेका थिए । मण्डलले आगामी राजनीतिक यात्राको निर्णय सम्पूर्ण साथीभाई, शुभचिन्तक र जनताको सल्लाह सुझावबाट केही दिनभित्रै तय गर्ने जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ