News Category 2081/02/26
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
राजविराज÷मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने कुरा बताएका छन् ।
मुख्यमन्त्री नियुक्त भएकै दिन शुक्रबार राती गृहजिल्ला सप्तरी आइपुगेका उनले यस्तो बताएका हुन् ।
सरकारले अबैध गतिबिधि नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्दै उनले मधेशमा विगतमा उपभोक्ता समितिका नाममा भ्रष्टाचार बढेको, पैसा खाएर योजना नै विक्री गर्ने गरिएको जस्ता विकृतिप्रति जनगुनासो बढेकोले यसलाई नियन्त्रण गर्ने बताए ।
उनले सरकारको यस अभियानमा सञ्चार क्षेत्र, राजनीतिक दल लगायत सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको जिकिर गर्दै विगतका कमजोरीलाई मात्र कोट्याएर मधेशमा केही हुन सक्दैन भन्ने नकारात्मक कुरा मात्र प्रवाह गर्ने भन्दा पनि अब नयाँ सोचका साथ सञ्चार क्षेत्रले सकारात्मक कुरालाई पनि जनसमक्ष पु¥याउन जरुरी रहेको भने । उनले अहिले कुनै एक दलको बहुमतको सरकार नरहेको अवस्थामा मिलेर काम गर्नुको विकल्प नरहने भएकाले भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक रहेको औल्याए ।
चालु आर्थिक वर्ष समाप्तिको चरणमा रहेकोले सम्पूर्ण क्याबिनेट र सचिव फुल टाईम बसेर बजेट, नीति तथा कार्यक्रम निर्माणमा लाग्ने बताए । उनले मधेश प्रदेशका एक सय ३६ वटै पालिकामा किसानका लागि एक एकवटा विशिष्ठ रुपको कृषि प्याकेजको कार्यक्रम ल्याउने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ