News Category 2081/02/26
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
राजविराज÷मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने कुरा बताएका छन् ।
मुख्यमन्त्री नियुक्त भएकै दिन शुक्रबार राती गृहजिल्ला सप्तरी आइपुगेका उनले यस्तो बताएका हुन् ।
सरकारले अबैध गतिबिधि नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्दै उनले मधेशमा विगतमा उपभोक्ता समितिका नाममा भ्रष्टाचार बढेको, पैसा खाएर योजना नै विक्री गर्ने गरिएको जस्ता विकृतिप्रति जनगुनासो बढेकोले यसलाई नियन्त्रण गर्ने बताए ।
उनले सरकारको यस अभियानमा सञ्चार क्षेत्र, राजनीतिक दल लगायत सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको जिकिर गर्दै विगतका कमजोरीलाई मात्र कोट्याएर मधेशमा केही हुन सक्दैन भन्ने नकारात्मक कुरा मात्र प्रवाह गर्ने भन्दा पनि अब नयाँ सोचका साथ सञ्चार क्षेत्रले सकारात्मक कुरालाई पनि जनसमक्ष पु¥याउन जरुरी रहेको भने । उनले अहिले कुनै एक दलको बहुमतको सरकार नरहेको अवस्थामा मिलेर काम गर्नुको विकल्प नरहने भएकाले भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक रहेको औल्याए ।
चालु आर्थिक वर्ष समाप्तिको चरणमा रहेकोले सम्पूर्ण क्याबिनेट र सचिव फुल टाईम बसेर बजेट, नीति तथा कार्यक्रम निर्माणमा लाग्ने बताए । उनले मधेश प्रदेशका एक सय ३६ वटै पालिकामा किसानका लागि एक एकवटा विशिष्ठ रुपको कृषि प्याकेजको कार्यक्रम ल्याउने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ