News Category 2081/02/27
चोरीको मदिरा सेवन गरी वर्कशपमा चोरी
दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मुख्य बजारका दुई पसलमा शनिबार मध्यराती चोरी भएको छ ।
नगरपालिकाको वडा नम्बर ५ पातो बजार स्थित माँ डाक्नेश्वरी भगवती मोटरसाइकल वर्कशप र चौधरी कोल्ड एण्ड होटलमा कोही नभएको अवस्थामा मध्यराती चोरी भएको हो । चोरी भएको उक्त पसलहरु इलाका प्रहरी कार्यालय पातोबाट २ सय मिटरको दुरीमा मात्र रहेको छ ।
वर्कशपका संचालक संजिव मण्डलका अनुसार चोरले ढोका फोडेर मोटरसाइकलमा प्रयोग हुने पार्टपुर्जा, केही नगद र मर्मतका लागी ग्राहकले राखेको प्रदेश २–०१–००२ प ९९६६ नम्बरको एउटा स्कुटर सहित ७ लाख बराबरको धनमाल लगेका छन् ।
यस्तै होटलबाट ढोका फुटाएर १ लाख रुपैया बराबरको मदिरा चोरी भएको संचालक मनोज चौधरीले बताए । विहान पख पसल खोल्न आउँदा मात्र चोरी भएको थाहापाएको वर्कशप र होटलका संचालकहरुले बताएका छन ।
होटल संचालक चौधरीका अनुसार चोरी गर्न पुगेकाहरुले शोकेशमा मदिरा र नास्ता देखेपछि त्यही वसेर मस्त खानपिन गरेको पाइएको छ ।
चोरले मदिरा र नास्ता सेवन गरेको टेवलमा वियरका १, ह्स्किीका १, रेडबुलका ३ र टेवल मुनी क्यान वियरका ३ वटा खाली बोतल बरामद भएकाले चोरीमा ३÷४ जनाको संलग्नता रहेको हुन सक्ने उनले अनुमान ब्यक्त गरेका छन् ।
इलाका प्रहरी कार्यालय पातो नजिकै रहेको मुख्य बजारमा यसरी चोरी हुदा स्थानीय चकित भएका छन् । प्रहरीे वर्कशपबाट चोरी भएको स्कुटर आईतवार विहान सोही नगरपालिकाको वडा नं. ३ तरही चोक स्थित खेतमा वेवारिसे अवस्थामा फेला पारेको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तीहरुको खोजी गर्नूकका साथै यस सम्बन्धमा यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ