News Category 2081/02/28
सर्पदंशबाट एकै दिन ६ जना उपचारका लागी भर्ना

दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
गर्मी बढेसँगै तराई मधेशमा सर्पदंशका घटनाहरु पनि बढेको छ । केही दिन यता बढेको अत्यधिक गर्मीका कारण सप्तरीमा सर्पदंशको घटना ह्वातै बढेको हो ।
पछिल्लो १५ दिनको अवधीमा मात्र राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा सर्पदंशका पीडित ५१ जनाले उपचार गराएको अस्पतालको तथ्याङ्कले देखाएको छ । सोमबार मात्रै सर्पदंशबाट पीडित ६ जना उपचारका लागी अस्पतालमा भर्ना छन् । यद्दपी उपचारका लागी भर्ना भएका मध्येबाट हालसम्म कसैको ज्यान नगएको अस्पताल प्रशासनले जनाएको छ ।
सर्पदंशका कारण सोमबार उपचारका लागी आउनेहरुमा राजविराज नगरपालिकाका ६ वर्षिय बालक आयूश यादव, १४ वर्षिय संतोष यादव, तिरहुत गाउँपालिकाका ४० वर्षिय सुरेन्द्र मण्डल, १८ वर्षिया पिंकि यादव, तिलाठी कोइलाडी गाउँपालिकाका ५४ वर्षिया सिता देवी मेहता र ५० वर्षिया ज्ञानी देवी साह रहेको गजेन्द्र नारायण सिह अस्पताल आकस्मिक कक्षका अहेब जयकृष्ण गुरमैताले जानकारी दिए ।
अत्यधिक गर्मी र फाटफुट वर्षाका कारण दुलो र झारपातबाट सर्प बाहिर आउदा सर्पदंशको घट्ना बढ्दै गएको उनको भनाइ छ । उनले दैनिक ४ देखि ७ जना सम्म सर्पदंशबाट घाईते भई उपचारका लागी आउने गरेको जानकारी दिए । यसरी सर्पदंशबाट घाइते भई आउनेहरुमा ग्रामिण क्षेत्रको मात्र नभइ शहरी क्षेत्रका पालिकाका वासिन्दा समेत रहने गरेको उनको कथन छ ।
अत्याधिक गर्मीका कारण सर्पदंशको मात्र नभई अन्य रोगबाट समेत पीडित भइ आउने विरामीको चाप बढदै गएपछि भुई मै बेड राखेर भएपनि उपचार सेवा प्रदान गरिरहेको उनले बताए । सर्पदंशको घटना ह्वातै बढेपछि अस्पतालमा एन्टीस्नेक भेनम नामक औषधी प्रयाप्त मात्रामा झिकाई स्टक गरिएको गजेन्द्र नारायण सिह अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ