News Category 2081/02/29
जयमालाको मृत्यु प्रकरणमा आफ्न्तद्वारा दोषि पत्ता लगाई कारवाहीको माग
दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
सप्तरीको कंचनरुप नगरपालिका ८ की ५६ वर्षिया जयमाला गुप्ताको पहिचान खुल्न नसकेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको भन्दै आफन्तले दोषि पत्ता लगाई कारवाहीको माँग गरेका छन् ।
आफन्तले घट्नाको सत्यतथ्य छानवीन र दोषि पत्ता लगाई कारवाहीको माग गरेका हुन ।
मृतक महिलाका जेठो छोरा डा.तुलाकृष्ण गुप्ताका अनुसार जेठ ९ गते नगरको नन्दलाल चौक नजिकै कंचनपुर वेरियर क्षेत्रमा आयोजित अष्टयाममा सहभागी भई ४ वर्षिय नाती रियान्ससंगै घर फर्कने क्रममा राती ८ बजे तिर नम्बर खुल्न नसकेको मोटरसाईकलले ठक्कर दिएको थियो ।
घाइते भएकी उनलाई उपचारका लागी राती नै विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएकोमा जेठ १५ गते उपचारको क्रममा मृत्यु भएको छोरा डा.गुप्ताको भनाई छ ।
मस्तिष्कमा गहिरो चोट लागेका कारण आमाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएको उनले बताए । दुर्घटना बारे पत्ता लगाई दोषिलाई कारवाहीको माँग गर्दै इलाका प्रहरी कार्यालय कंचनपुरमा निकै दौडधुप गरे पनी हालसम्म प्रहरीले अपराधी पत्ता लगाउन नसकेको गुनासो समेत गरेका छन् ।
उनले जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ दिदै गृहमन्त्री रवी लामिछानेलाई समेत निवेदन पठाएर न्यायका लागी पहल गरिदिन आग्रह गरेका छन ।
मृतक महिलाको कान्छो छोरा आदित्यले सो क्षेत्रका एक जना व्यवसायीको पसलमा सिसीटिभी क्यामरा जडान भएपनि निजले क्यामराको हार्डडिक्स विग्रिएको छ भनी जवाफ दिएपछि फुटेज हेर्न नसकेको बताए ।
उनले घट्नाको तीन साता वित्न लाग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन न सकेकोमा आक्रोश पोख्दै अब धर्ना, प्रर्दशन र अनशनमा वस्ने तयारीमा लागेको बताएका छन् ।
यता प्रहरी सो दुर्घटनाबारे आफन्तले तत्कालै जानकारी नगराएको बताएका छन् । घाईतेलाइ अस्पताल पु¥याएको दुई दिन पछि मात्र अस्पतालबाट आफन्तले सो जानकारी गराएको इलाका प्रहरी कार्यालय कंचनपुरका एक प्रहरी अधिकारीले भने । उनले ढिलो जानकारी आएपनि प्रहरीले सो बारे अनुसन्धान गरिरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ