News Category 2081/02/30
आपराधिक गतिविधी नियन्त्रणमा सघाउ पु¥याउनु संचारकर्मीसँग अपेक्षा
दैनिक समाचारदाता
राजविराज ३०, जेठ ।
सप्तरीका प्रमुख जिल्ला अधिकरी मेखबहादुर मंग्रातीले तथ्यगत सूचना दिएर सम्भावित आपराधिक गतिविधी नियन्त्रणमा सघाउ पु¥याउनु संचारकर्मीसँग अपेक्षा राखेका छन् । पाँच दिन अघि मात्र पाँचथरबाट सरुवा भएर सप्तरी आईपुगका उनले बुधवार आफ्नो कार्यकक्षमा पत्रकारहरु संगको भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी यस्तो अपेक्षा राखेका हुन् ।
राज्यको चौथो अंगका रुपमा रहेको संचारक्षेत्र र संचारकर्मीको निश्पक्ष तथा वस्तुगत रिर्पोटिङले प्रशासनलाई बल प्रदान गर्ने उनले बताउँदै शान्ति सुरक्षा व्यवस्थित र भरपर्दाे बनाउन सबै पक्षको सहयोग र सुझाव समेत मागेका छन ।
प्रशासन र संचार क्षेत्रको कार्य जिम्मेवारी फरक भएपनि दुबैको उद्देश्य समाजमा शान्ति सुरक्षा तथा राष्ट्र र राष्ट्रवासीको कल्याणमा लाग्नु नै रहेको बताउँदै उनले आफु संचारकर्मीहरु संग सहकार्य गर्दै अघि बढने बताए ।
आफ्नो कार्यालय भित्र पनि विचौलियालाई निषेध तथा सेवालाई चुस्त दुरुस्त बनाउनुका साथै सप्तरीको जन प्रशासनलाई सुधार्न समेत आफुले हरदम प्रत्यत्न गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
सो अवसरमा प्रत्रकारहरुले जिल्लामा लागु औषध, खुला सीमानाका कारण हुने गरेको चोरी तस्करी, अस्तव्यस्त ट्राफिक तथा विभिन्न पालिकाले मागेको सूचना समयमै दिन आलटाल गर्ने गरीएको लगायतका समस्यातर्फ ध्यानाकर्षण गराउँदै यसका लागी आवश्यक पहल गर्न प्रजिअ मंग्रातीलाई सुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ