News Category 2081/02/30
आपराधिक गतिविधी नियन्त्रणमा सघाउ पु¥याउनु संचारकर्मीसँग अपेक्षा
दैनिक समाचारदाता
राजविराज ३०, जेठ ।
सप्तरीका प्रमुख जिल्ला अधिकरी मेखबहादुर मंग्रातीले तथ्यगत सूचना दिएर सम्भावित आपराधिक गतिविधी नियन्त्रणमा सघाउ पु¥याउनु संचारकर्मीसँग अपेक्षा राखेका छन् । पाँच दिन अघि मात्र पाँचथरबाट सरुवा भएर सप्तरी आईपुगका उनले बुधवार आफ्नो कार्यकक्षमा पत्रकारहरु संगको भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी यस्तो अपेक्षा राखेका हुन् ।
राज्यको चौथो अंगका रुपमा रहेको संचारक्षेत्र र संचारकर्मीको निश्पक्ष तथा वस्तुगत रिर्पोटिङले प्रशासनलाई बल प्रदान गर्ने उनले बताउँदै शान्ति सुरक्षा व्यवस्थित र भरपर्दाे बनाउन सबै पक्षको सहयोग र सुझाव समेत मागेका छन ।
प्रशासन र संचार क्षेत्रको कार्य जिम्मेवारी फरक भएपनि दुबैको उद्देश्य समाजमा शान्ति सुरक्षा तथा राष्ट्र र राष्ट्रवासीको कल्याणमा लाग्नु नै रहेको बताउँदै उनले आफु संचारकर्मीहरु संग सहकार्य गर्दै अघि बढने बताए ।
आफ्नो कार्यालय भित्र पनि विचौलियालाई निषेध तथा सेवालाई चुस्त दुरुस्त बनाउनुका साथै सप्तरीको जन प्रशासनलाई सुधार्न समेत आफुले हरदम प्रत्यत्न गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
सो अवसरमा प्रत्रकारहरुले जिल्लामा लागु औषध, खुला सीमानाका कारण हुने गरेको चोरी तस्करी, अस्तव्यस्त ट्राफिक तथा विभिन्न पालिकाले मागेको सूचना समयमै दिन आलटाल गर्ने गरीएको लगायतका समस्यातर्फ ध्यानाकर्षण गराउँदै यसका लागी आवश्यक पहल गर्न प्रजिअ मंग्रातीलाई सुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ