News Category 2081/02/30
आगलागिले वडा सदस्यको घर खरानी
दैनिक समाचारदाता
राजविराज ३०, जेठ ।
राजविराज वडा नं. ६ का वडा सदस्य ६५ वर्षिया लिलादेवी सरबरियाको घरमा मंगलबार राती आगलागि भएको छ ।
आगलागिबाट फुस र टिनले बनेको उनको दुई वटा घर जलेर पूर्ण रुपमा खरानी भएको छ । राती ९ बजेतिर लागेको आगो राजविराज नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनले आगलागिको कारण भने खुल्न नसकेको जनाएका छन् ।
आगलागिले धान, गहँु, चामल, भाडाकुडा र फर्निचर सबै पूर्ण रुपमा जलेर नष्ट भई पाँच लाख भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
यता वडाअध्यक्ष शशी चौधरीले उक्त घटना शंकास्पद भएको बताएका छन् । खाना खाएर ढोका बन्द गरी सरबरिया केही समयका लागि छिमेकीको घरमा टिभि हेर्न गएको बेला अचानक आगलागि हुनु शंकास्पद छ, वडाअध्यक्ष चौधरीले भने, “यसको सुक्ष्म अनुसन्धान हुनुपर्छ ।”
अग्निपीडित बृद्धा सरबरिया पनि कसैले पुरानो रिसइबीका कारण आगजनी गरेको हुन सक्ने आशंका व्यक्त गर्दै सो बारे छानबिन गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको बताएकी छिन् । प्रहरीले आगलागि घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ