News Category 2081/02/31
अग्निपीडित वडा सदस्यलाई वडा कार्यालयद्वारा राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
अग्निपीडित राजविराज वडा नं. ६ की वडा सदस्य लिलादेवी सरवरियालाई बिहीबार वडा कार्यालयले राहत प्रदान गरेको छ ।
मंगलबार राती भएको आगलागीले उनको फुसको संरचना भएको दुई वटा घरका साथै भाडाकुडा, लत्ताकपडा, फर्निचर, खाद्यान्न सबै जलेर नष्ट भएको थियो ।
वडा सदस्य सरवरीयाको आगलागीबाट विजोग भएपछि तत्कालिन राहत स्वरुप केही सहयोग प्रदान गरिएको वडा अध्यक्ष शशी चौधरीले बताए ।
उनलाई घर मै पुगी २५ केजी चामल, ५ केजी खाने तेल, ५ किलो दाल, २ केजी नुन, प्रेसर कुकर, झुल, बाल्टीन, साबुन, भाडाकुडा र साडी लगायतका साम्रगी उपलब्ध गराइएको छ ।
सो अवसरमा नगर प्रहरीका असई शिव नारायण यादव, वडा सदस्य दिपक शर्मा, सोमिता सदा, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य मनोज कुमार माझी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ