News Category 2081/03/01
जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल

राजविराज÷नेपाली काँग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी दिनमा जनता समाजवादी पार्टी (जसपा) नेपालसँग कुनै सहकार्य वा गठबन्धन हुन नसक्ने संकेत गरेका छन् ।
शनिवार राजविराजस्थित नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा संचारकर्मीहरुसित कुरा गर्दै उनले यस्तो गरेका हुन् ।
जसपा अध्यक्ष यादवले काँग्रेसले लगाएको सबै गुण विर्सेर हालै सो पार्टीको जनकपुरमा सम्पन्न महाधिवेशनमा काँग्रेसप्रति जुन दृष्टिकोण सार्वजनिक गरेको छ त्यो साह्रै आपत्तिजनक छ, नेता पौडेलले भने, “यसलाई हामीले बडो गम्भिरतापूर्वक लिएका छौ ।”
उनले जसपासँग भावी दिनमा सहकार्य नगर्ने विषयमा अब बस्ने केन्द्रीय समितिको बैठकमा जोडदार रुपमा कुरा उठने बताए ।
उनले उपेन्द्र यादव र काँगे्रस नेतृत्वले चाहेर पनि भविष्यमा जसपा नेपालसँग सहकार्य नहुने भन्दै यसबारे पार्टी भित्र पनि एउटा स्पष्ट विचार र धारणा बनिसकेको जनाए । संघीय र प्रदेश सरकार फरक फरक परिस्थितिमा बन्ने गरेकाले संघमा बन्ने गठबन्धन प्रदेशमा लादनु संघीयताका लागि घातक हुने उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य समेत रहेका उनले संघीयता र नयाँ संविधान ल्याउने दलहरु नै अधिकार, संघीयता र संविधान कार्यान्वयन गर्ने सवालमा गतिशिलता र इच्छाशक्ति नदेखाउँदा आन्दोलनबाट आएको परिवर्तनको अनुभुति आम जनताले गर्न नपाइरहेको बताए । उनले वर्तमान सरकारलाई बोल्ने धेरै तर काम केही न नगर्ने सरकारको संज्ञा दिदै बोलेको कुरा पुरा गर्न समेत आग्रह गरे । सो अवसरमा नेपाली काँगे्रस सप्तरीका सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ