News Category 2081/03/02
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
दैनिक समाचारदाता
राजविराज, २ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ औरहीस्थित फत्तेपुर टोलमा बाटो बनाउने क्रममा घर भत्काइएको भन्दै दुई पक्षबीच कुटपिट हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते भएका छन् ।
शनिबार दिउसो पोखरीको डिलमा एलानी जग्गामा पुृmसको संरचना बनाई वर्षौदेखि वसोवास गर्दै आएका दलित समुदायको घर हुँदै ढलान बाटो बनाउने क्रममा घर भत्काउँन खोज्दा विवाद भई कुटपीट भएको स्थानीयले जनाएका छन् ।
स्थानीय दलित अगुवा सत्यनारायण पासवानका अनुसार स्थानीय हरिसुदन यादव, उनका छोरा निरज यादव सहितको समुहले लठ्ठी र फलामे रडले कुटपीट गर्दा प्रितम पासवान, उनकी पत्नी मुसनी देवी, छोरा रन्जित, छोरी रितु र राखी तथा बुहारी सरिता घाइते भएकी छिन । घाईते सबैको टाउको फुटेको छ । घाईते मध्ये राखी गर्भवती समेत हुन ।
घाइते मध्ये २ जनाको पातोस्थित उमाकान्त कल्पना मेमोरियल अस्पताल तथा ४ जनाको सदरमुकाम राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।
वर्षाैदेखी वसिरहेको एलानी जग्गाबाट उठिवास गराउने गरी जबरजस्ती भत्काउन थालिएको र सो बारे आपत्ती जनाउदा ज्यानै गरी कुटपीट गरिएको पीडित परिवारको भनाई छ । प्रदेश सरकारको बजेट उक्त स्थानमा ढलान बाटो निर्माण गर्ने योजना अनूरप काम गर्न खोज्दा आपूmहरुलाई पासवान परिवारले हातपात गर्न खोज्दा रक्षाका लागी प्रतिवाद गरेको मधुसुदनको भनाइ छ ।
पूर्व क्षेत्रपाल समेत रहेका उनले पहिले आपूmहरुमाथी नै आक्रमण भएपछि दुबै पक्षबीच कुटाकुट सूरु भएको बताएका छन ।
घाइतेहरुले भने आपूmहरुको घर भत्काउने र हटाउने विषयमा समाजमा बसेर छलफल गरी समाधान खोज्नु पर्नेमा मधुसुदन पक्षले त्यसो नगरी राजनीतिक पूर्वाग्रह समेत राखी बल प्रयोग गरेको गुनासो गर्दै दोषीलाई कडा कारवाही गर्नु पर्ने माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले उक्त घटनाबारे अनुसन्धान भईरहेको र दोषी पाइएकालाई कानुन बमोजिम कारवाही हुने जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ