News Category 2081/03/04
६ महिनाको अवधीमा एउटै घरमा तीन पटक चोरी
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
राजविराज निवासी एक दम्पतीको घरमा ६ महिना भित्र तीन पटक चोरीको घटना भएका छन् । मानव अधिकारको क्षेत्रमा काम गर्ने राजविराज वडा नं. ९ निवासी जंगबहादुर सिह र आभा सेतु सिंहको घरमा यसरी ६ महिनाको अवधीमा तीन पटक चोरी भएको हो ।
पछिल्लो पटक आपूm काठमाडौं र श्रीमान जंगबहादुर भारतको गोरखपुर गएका बेला सोमबार राती चोरले एक लाख भन्दा बढीको सम्पती चोरेर लगेको आभा सेतु सिहले जानकारी दिएकी छिन ।
उनी राष्ट्रिय महिला आयोगकी सदस्य हुन भने उनका श्रीमान अधिकारकर्मी एवं विश्वहिन्दु परिषद नेपाल मधेश प्रदेशका सचिव हुन ।
घरमा छोरा एक्लै सुतिरहेका बेला चोरले ढोका फोडेर उनको मोवाईल, ९६ हजार रुपैया राखिएको पर्स, घडी लगायतका सरसामान गरी १ लाख बराबरको सम्पती लगेको आभा सेतु सिंहले जानकारी दिएकी छिन । गर्मीका कारण छतमा सुतेका राजहंश ढोका फोडेको आवाज सुनेर तल झर्दा आफ्नै आँखा अगाडीबाट चोर भागेको र तत्कालै प्रहरीलाई जानकारी गराएको बताएका छन् ।
सिंहको घरमा यस अघि २०८० साल पुष ६ गते १५ लाख बराबरको सम्पत्ति चोरी भएको थियो । त्यस्तै २०८१ साल बैशाख ३ गते २ लाख बराबरको धनमाल चोरी भएको थियो । पहिलो पटक चोरी हुँदा सिंह परिवार काम विशेषले काठमाडौंमा थिए । घरमा कोही नभएको मौका छोपी चोरले ठूलो धनमाल लगेका थिए । तर पछिल्लो २ पटक घरमा मान्छे हुदा हुँदै लाखौको चोरी भएको सिंह परिवारको भनाइ छ ।
पटक पटक चोरी हुँदा पनि प्रहरीले चोर पत्ता लगाउन सकृयता नदेखाएको भन्दै सिंह परिवारले कसरी सुरक्षित रहने भन्ने चिन्ता बढाएको गुनासो समेत गरेका छन । यता पछिल्लो पटक सिंहको घरमा भएको चोरी घटनाबारे जानकारी आएको तथा सो अपराधमा संलग्न आपराधीको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ