News Category 2081/03/04
समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु ः अदालत

दैनिक समाचारदाता
राजविराज, ४ असार ।
हुलाकी राजमार्ग सडक बिस्तारका क्रममा गैरकानुनी ढंगले संरचना भत्काइएको भन्दै पीडित पक्षद्वारा दायर रिटमा अदालतले समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु परमादेश जारि गरेको छ ।
मंगलबार पीडित जग्गाधनीहरुले पत्रकार सम्मेलनको आयोजना गरि हुलाकी सडक विस्तारका नाममा राजविराज नगरपालिकाले सडक मापदण्डमा नपरेका तथा नक्शा पास भईसकेका नम्बरी जग्गामा बनेको घर संरचना समेत २०८० भदौ २ गते भत्काई दिएको भन्दै राजविराज नगरपालिका ३ का बच्चु मण्डल, गौरी शंकर साह, सतिष चन्द्र झा, इन्द्र नारायण साह र परमेश्वर प्रसाद रौनियार न्यायका लागी उच्च अदालत जनकपृुर–राजविराज इजलाशमा रिट दायर गरेका थिए ।
दायर रिट उपर सुनवाइ गर्दै न्यायाधिश पुर्ण प्रसाद राजवंशी र विमल सुवेदीको संयुक्त इजलासले २०८० फागुन १३ गते परमादेश जारी गरेको हो । राजविराज नगरपालिकाको कार्यालय, कार्यवाहक नगर प्रमुख इसरत परवीन, वडा नं. ३ का वडाअध्यक्ष अनिल कुमार दास, वडा नं.८ का वडा अध्यक्ष जयनारायण मण्डल, नापी कार्यालय, नापी टोली प्रमुख तथा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरी सुनसरी समेतलाई विपक्षी बनाईएको छ ।
उक्त आदेशमा वडा नं.३ अन्तर्गत हुलाकी राजमार्ग कंचनपुृर रोड विस्तारका क्रममा सर्वे नापी नक्शा भएको सडकलाई आधार मानी फिल्डमा रहेको साविक सडकको केन्द्र विन्दुबाट दुबैतर्फ समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको. विस्तार एवं निर्मांण गर्नू÷गराउनु भनी उल्लेख गरिएको छ । तर, अदालतको उक्त आदेश कार्यान्वय हुन नसकेको पीडित जग्गाधनीहरुको गुनासो छ ।
उनीहरुले सडकको मध्य प्वाइन्टबाट दुबै तिर बराबरी तोड्नु पर्नेमा कसैलाई लाभ र कसैलाई हानी पु¥याउने नियतले एक पक्षिय रुपमा दक्षिण तर्फका मात्र घर टहरा भत्काइएको गुनासो गरेका छन् । पत्रकार सम्मेलनमा पीडित मध्येका एक वच्चु मण्डलले नगर र वडा कार्यालयले जारी गरेको ७ दिने सूचनाको म्याद समेत नपुग्दै कार्यावाहक मेयर इसरत परवीन र वडा अध्यक्ष जयनारायण मण्डलको अगुवाइमा डोजरसहित आएका टोलीले घरहरु धमाधम भत्काउन थालेको बताए ।
उनले म्याद बाकी छदै तोडफोड सुरु गर्दा त्यस वडाका अधिकाँश व्यक्तीले आप्mनो घरबाट मालसमान समेत झिक्न नपाएको बताए ।
अर्का पीडित मो.गणिले नम्बरी र नक्शा पास समेत भएको सो वडाका इन्द्र नारायण साह, नुरजहाँ वेगम र जगत भंसालीको पनि घर भत्काइएको बताए । एकातिर तोकेको म्याद सकिनु अगावै र अर्काे तीर नम्बरी जग्गामा बनेको घर टहरा भत्काउनु गैरकानुनी र ज्यादती हो, उनले भने ।
सोही वडा निवासी इन्द्र नारायण साहले हाल कायम रहेको कंचनपुृर रोड कालोपत्रे सडकको मुख्य विन्दु बिचबाट दायाँ–बाया बराबर जग्गा लिई हुलाकी सडक विस्तारको काम अघि बढे कुनै आपत्ती नरहने बताए । तर एक पक्षलाई पेल्ने गरी गैर कानूनी ढंगले अघि बढाइएको निर्माण कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाई छ ।
स्थानीयवासी राजेश चौधरीले हुलाकी राजमार्गको बीच प्वाइन्ट कायम नगरी दाया बाया बराबरी जग्गा नै नलिई तथा उत्तरतर्फ रहेका आफन्तहरुको जग्गा र भवन संरचना बचाउने मनसायले दक्षिण तर्फका वासिन्दाको मात्र घर भत्काउने काम भएको बताए । उनले गैरकानुनी ढंगले भवन संरचना भत्काएर स्थानीयलाई करौडोको क्षती पु¥याएको भन्दै क्षतीपुर्तीका लागी सप्तरी जिल्ला अदालतमा क्षतिपुर्ती दिलाई भराई मुद्दा समेत दायर गरिएको बताए ।
यता राजविराज नगरपालिकाले हुलाकी सडक बिस्तारका क्रममा कसैको पनि नम्बरी जग्गामा बनेको घर, टहरा नभत्काइएको दाबी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ