News Category 2081/03/05
न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिनेमा सबै पालिका चुके
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
स्थानीय पालिकाहरुले न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिने कार्यमा चुकेका छन् ।
रोजगार विज्ञ रामआधार यादवले संघ, प्रदेश र स्थानीय सरकारले न्युनतम रोजगारीका लागि दलित, वेपत्ता परिवारका सदस्य, सहिद परिवारका सदस्य, विपन्न, गरिब लगायतको परिवारका सदस्यलाई प्राथमिकताका साथ रोजगारी दिनुपर्ने हो तर, सबै चुकेको बताए ।
राजविराज नगरपालिकाको आयोजनामा बुधबार आयोजित रोजगारी रणनीति योजना तर्जुमा कार्यशाला गोष्ठीमा रोजगार विज्ञ यादवले प्रस्तुत गरेको कार्यपत्रमा रोजगारीको अवसर सृजनाका लागि एक करोड भन्दा मुनीको ठेक्कापट्टामा मेसिनबाट काम नगरी मानवबाटै काम गराउने सरकारी प्रावधान रहेकोमा यसप्रति कोही गम्भिर नभएको बताए । उनले यी विषयमा तीनै तहका सरकार गम्भिर हुनु पर्नेमा जोड समेत दिए ।
रोजगारको अवसरलाई प्रोत्साहन गर्न नसक्दा मुलुकबाट बाहिरनेको संख्या बढ्दै गएको उनले बताए । तीनै तहका सरकारले न्युनतम रोजगारको व्यवस्था मिलाउन नसक्दा सप्तरीबाट वर्षेनी ३ देखी ३ दशमलब २ प्रतिशतसम्म जनता बिदेशिने गरेको जनाए ।
सारथी नेपाल नामक संस्थाका प्रबन्धक समेत रहेको रोजगार विज्ञ यादवले नेपालबाट वर्षेनी १६ लाख भन्दा बढी जनता बिदेशिने गरेको आफ्नो प्रस्तुतीकरणमा जनाएका छन् । १६ लाख मध्ये १२ लाख जनता नेपाल फर्किए पनि ४ लाख जनता अझै विदेशमै रहने गरेको उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।
उनका अनुसार ८ लाख जनता श्रमका लागि, १ लाख अध्ययनका लागि, २ लाख भ्रमणका लागि र एक लाख विभिन्न भिषामा विदेशिने गरेका छन् । त्यस्तै ठूलै संख्यामा गैरकानुनी रुपमा मानिसहरु विदेशिने गरेको तथा १५ लाखभन्दा बढी जनता छिमेकी मुलुक भारतमा बिना भिषा विभिन्न प्रयोजनका लागि जाने गरेको उनले बताए ।
सोही गोष्ठीमा रोजगार परामर्शकर्ता सन्दिप कुमार साहले मुलुकमा बढ्दो बेरोजगारी समस्यालाई ध्यानमा राखेर रोजगारीको अवसर सृजना गर्नका लागि स्थानीय सरकारबाटै पहिलो कदम उठाउनु पर्ने सुझाव दिए ।
आयोजित कार्यशला गोष्ठीमा राजविराज नगरपालिकाका रोजगार संयोजक ज्योतिष यादव, प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ