News Category 2081/03/09
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन

दैनिक समाचारदाता
राजविराज, ९ असार ।
सप्तरीको सप्तकोशी नगरपालिकास्थित मनकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक चौधरीको आइतबार बिहान निधन भएको छ ।
हृदयघात भएपछि उपचारका लागि बिराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएका ५६ वर्षिय चौधरीको उपचारकै क्रममा आइतबार बिहान निधन भएको हो ।
उनकोे पार्थिव शरीरमा सहकारी अभियान्ता विश्वनाथ मण्डल, राष्ट्रिय सहकारी बैंक राजविराज शाखाका संचालक गणेश आश लगायतले सहकारीको झण्डा ओढाएर लस्श्रद्धाञ्जली अर्पण गरेका थिए ।
फत्तेपुरस्थित आशा डिजिटल स्टुडियो एण्ड कलर ल्याबका प्रोप्राइटर समेत रहेका चौधरी सप्तरी फोटोग्राफर परिवार संघका सदस्य समेत हुन् । उनको निधनले संघलाई अपुरणीय क्षति भएको सप्तरी फोटोग्राफर संघका जिल्ला अध्यक्ष रमेश कुमार राउतले बताएका छन् ।
उनले चौधरीको शोकमा सोमबार सप्तकोशी नगरपालिका भित्रका सम्पूर्ण फोटो स्टुडियो दिनभर र जिल्लाभरिका बाँकी फोटो स्टुडियोहरु मध्यान्ह १२ बजेसम्म बन्द रहने जानकारी दिए ।
नेपाली कांग्रेससँग आवद्ध सप्तकोशी नगरपालिका वडा नं. २ निवासी चौधरी सामुदायिक वन महासंघका जिल्ला अध्यक्ष समेत थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
- 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन
- 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ