News Category 2081/03/09
दुई पक्षबीचको झडपमा एकको मृत्यु, हत्याको आरोपमा एक पक्राउ, अन्य फरार

दैनिक समाचारदाता
राजविराज, ९ असार ।
राजविराज वडा नं. ४ स्थित माछा हटियामा बकर इदको दिन फलामे हतियारको प्रहारबाट घाइते भएका एक युवकको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ ।
दुई पक्षबीच भएको झडपमा घाइते भएका राजविराज नगरपालिका वडा नं. ४ निवासी ३२ वर्षीय ओरेन्जेब मियाँको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक मिया राजविराज नगरपालिका वडा न.२ राजदेबी टोलस्थित रोयल इनफिल्ड अटोमोबाइलका प्रोप्राइटर हुन । मृतकका श्रीमती र काखे शिशुसहित दुई नाबालक सन्तान छन् ।
मृतकका बुबा हबिब मियाले दिएको उजुरीका आधारमा आरोपित राजविराज नगरपालिका वडा न.३ का ४६ वर्षीय मो. नसिर पक्राउ परेका छन् । अन्य आरोपितहरू राजविराज नगरपालिका वडा न.३ का ३५ वर्षीय मो. इर्शाद, राजविराज २ का २७ वर्षीय असलम मिया र जिल्लाकै राजगढ गाउँपालिका ६ का २५ वर्षीय मो. मिन्टु फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ