News Category 2081/03/09
बैदेशिक रोजगारीमा गएका मध्येबाट कंचनरुपका १४ जनाले गुमाए ज्यान
दैनिक समाचारदाता
राजविराज, ९ असार ।
सप्तरीबाट बैदेशिक रोजगारमा गएका मध्येबाट १५ दिनको अवधीमा थप ५ जनाले ज्यान गुमाएका छन् । यसअघि गत जेठ २४ गतेसम्म २४ जनाले ज्यान गुमाएका थिए । चालु आ.ब. २०८०÷८१ को साउनदेखि असार १० गते सम्ममा सप्तरीबाट वैदेशिक रोजगारीका लागी विभिन्न मूलुक गएका मध्ये २९ जनाले ज्यान गुमाएका छन् ।
राजविराज नगरपालिकाको आयोजना, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका र राजगढ गाउँपालिकाको सहकार्यमा आइतबार आयोजित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत “सुरक्षित बैदेशिक रोजगारीका लागि जिल्ला प्रहरी कार्यालयसँगको अन्तरक्रिया” कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यक्रम संयोजक राजेन्द्र यादवले प्रस्तुत गरेको तथ्याङ्कमा जिल्लाको कंचनरुप नगरपालिकाबाट बैदेशिक रोजगार गएका मध्येबाट सबैन्दा बढी १४ जनाले ज्यान गुमाएको जानकारी दिए । उनले राजविराज नगरपालिकाबाट ३ जनाले ज्यान गुमाएको बताए । बैदेशिक रोजगारमा जानेहरु डिप्रेशनमा परि आत्महत्या समेत गरेको उनको भनाई थियो ।
संयोजक यादवले चालु आ.ब. बाट बैदेशिक रोजगारमा जानेहरुलाई ठगिएमा उनीहरु बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने व्यवस्था रहेको भन्दै सो कार्यालयले ती व्यक्ति वा एजेन्टलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिने प्रावधान रहेको जनाए ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) परियोजना अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले प्रहरीसँग समन्वय आवश्यक रहेको भन्दै आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले रोजगारीका लागि बिदेश जाने क्रममा ठगिमा पर्नेहरुलाई न्याय दिलाउनका निम्ति प्रशासन कार्यालय अग्रसर रहेको औल्याए ।
सो अवसरमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परबिनले रोजगारीको सिलसिलामा विभिन्न एजेन्ट, व्यक्ति वा म्यानपावरहरुले ठग्ने क्रम बढ्दै गएकोमा पीडितहरुलाई न्याय दिलाउने पाटोमा प्रहरीको समेत महत्वपूर्ण भूमिका रहने गरेको बताए । उनले पीडितहरुलाई न्याय दिलाउनका लागि त्यस्ता एजेन्ट वा व्यक्तिहरुलाई प्रहरीले छिटो भन्दा पक्राउ गरि सहयोग गर्न आग्रह गरिन् ।
परियोजनाले हरेक जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सूचना केन्द्र, वैदेशिक रोजगारीमा जान इच्छुकलाई निःशुल्क सीपमूलक तालिम, रोजगारीमा रहेकाहरुमा पारिवारीक विचलन आए सहजीकरणको भूमिका, रोजगारीबाट आउने रेमिट्यान्स सदुपयोग गर्न व्यवसायिक लगानीका लागी आवश्यक परार्मश, विदेशमा कम्पनीबाट ठगिएकाहरुलाई न्यायका लागी कानूनी परार्मशमा सहयोग, मुद्दामामिला, क्षतिपुर्ती राहत तथा अन्य प्रकृयाका लागी सहयोग गर्दै आएको छ ।
कार्यक्रममा आप्रवासी संजाल मधेश प्रदेशका संयोजक जितेन्द्र प्रसाद सिन्हा, पत्रकार महासंघका कोषाध्यक्ष नवीनकुमार गुप्ता, प्रहरी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ