News Category 2081/03/10
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को लागि ४४ करोड ८७ लाख ८६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
सोमबार सम्पन्न दशौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । गाउँपालिकाको कुल बजेटको चालुतर्फ २९ करोड ८४ लाख ८६ हजार र पूँजिगततर्फ १५ करोड ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
कूल बजेटमा संघबाट प्राप्तहुने वित्तिय समानिकरणतर्फ ११ करोड २६ लाख र सशर्त अनुदानतर्फ १८ करोड ५४ लाख, राजस्व बाँडफाँडबाट ८ करोड ५७ लाख रुपैयाँ, विशेष अनुदानतर्फ २ करोड ५० लाख र समपुरक अनुदानतर्फ १ करोड रुपैयाँ प्राप्तहुने बताइएको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ८० लाख ८६ हजार, राजस्व बाँडफाँडबाट ४० लाख, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख प्राप्त प्रस्तुत बजेटमा उल्लेख छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार क्षेत्र र विपद् ब्यवस्थापनलाई उच्चप्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको बार्षिक वजेट, नीति तथा कार्यक्रम तय गरेको छ ।
बालविवाहलाई निरुत्साहन गर्न छोरा र छोरीको विवाहका लागि वडाबाट अनिवार्य रुपमा अनुमति लिने ब्यवस्था गर्ने, छोराछोरीको विवाह २० बर्ष पारी गर्न तथा बालविवाहलाई निरुत्साहन गर्न बालिकासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरिने नीति ल्याइएको छ ।
यसैगरी विद्यालयहरुको भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने, विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयहरुलाई प्रविधिमैत्री बनाइने, शिक्षकको पेसागत दक्षता विकासका लागि विभिन्न तालिम, भ्रमण तथा अवलोकनका कार्यक्रमहरु राखिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
जलवायु परिवर्तनलाई ध्यानमा राखी पालिकाभित्र निजी वन लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निजीवन प्रबद्र्धन कार्यक्रम संचालन गरिने, विद्यालयहरुलाई विपद्को जोखिमबाट मुक्त राख्न वृहत विद्यालय सुरक्षा योजना निर्माणका लागि आवश्यक तालिम संचालन गरी सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गरिने नीति लिएको छ ।
सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको तथ्यांक अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिनुका साथै बायोमेट्रिक प्रणालीलाई अनिवार्य गरिने, बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुलाई लक्षित गरी व्यवसायिक खेती प्रबद्र्धनका लागि आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने नीति लिइएको गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहले बताइन् ।
यसैगरी ब्यवसायिक रुपमा पशुपालन ब्यवसाय गर्ने कृषकलाई सहकारी संस्थामार्फत ५० प्रतिशत निब्र्याजी ऋण उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने, कृषिलाई आधुनिकीकरण गरी ब्यवसायिक बनाउन कृषि मेसिनरी औजारको लागि आवश्यक बजेट विनियोजन गरिने नीति रहेको उपाध्यक्ष साहले बताइन् ।
तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलको अध्यक्षतामा आयोजित गाउँसभामा वडा अध्यक्षहरु कमलकुमार मण्डल, मुनिलाल मुखिया, ललन प्रसाद राउत र हरिनारायण मण्डलसहितकाले शुभकामना मन्तब्य ब्यक्त गरे । तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुखप्रशासकीय अधिकृत सरोज कुमार कर्णले स्वागत गरेको कार्यक्रममा अधिकृत राजुकुमार झाले धन्यवाद ज्ञापन गरे भने कार्यक्रम अधिकृत राजेश कुमार झाले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ