News Category 2081/03/11
लागुऔषध बिरुद्धको राष्ट्रव्यापी अभियान सुरु

दैनिक समाचारदाता
राजविराज, ११ असार ।
इस्लामी संघ नेपालले मदिरा तथा लागुऔषध बिरुद्धको राष्ट्रव्यापी अभियान मंगलबारदेखी सुरु गरेको छ ।
नशालु तथा लागु औषधको प्रयोग आफैमा अपराध हुनुका साथै अन्य धेरै अपराधहरुको जननी हो भन्दै इस्लामी संघ नेपालले अभियानमार्फत यस बिरुद्ध जनचेतना फैलाउन लागेको जनाएको छ ।
मंगलबार राजविराजमा आफ्नो अभियान बारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरि संघका मधेश प्रदेश अध्यक्ष अब्दुल मनानले पाँच दिने अभियान अन्तरगत विद्यालयका बालबालिका तथा बस्ती बस्तीमा जनचेतनामूलक कार्यक्रम गर्ने बताए ।
उनले अभियान अन्तरगत मंगलबार पत्रकार सम्मेलन तथा बुधबार आधारभूत केन्द्र न. ६ राजबिराज र बसबिट्टि मुसहरनिया, बिहीबार हनुमाननगर र राजदेवी मा.बि., शुक्रबार बेल्हि भंसार र शनिबार रुपनगर, कंचनपुर र बरमझियामा बिद्यार्थी तथा आमजनतलाई मदिरा तथा लागुऔषध बिरुद्धको जनचेतना दिने कार्यक्रम रहेको जानकारी दिए ।
सोही पत्रकार सम्मेलनमा अध्यक्ष मनानले मदिरा तथा लागुऔषध बिरुद्ध सरकारको नीति प्रष्ट नरहेकोले यस्ता बिकृतीले प्रोत्साहन पाइरहेको आरोप लगाए । “सरकारले लागुऔषधलाई प्रतिबन्धित ठह¥याउछ, तर सूर्तीजन्य पदार्थको हानिकारक प्रभावहरुको जानकार हुँदाहुँदै अल्प आर्थिक लाभका लागि चुरोट र खैनीको प्याकमा “स्वास्थ्यका लागि हानिकारक छ” भनी लेख्न लगाउनु भनेको ती पदार्थहरुको उत्पादक कम्पनीलाई दर्ता गरेर त्यस्ता पदार्थ उत्पादन गर्न आधिकारिक अनुमति पनि दिने ।” उनले भने, “यो त ठाडै बिरोधभाष हो, त्यसैले यसको बिरुद्ध देशव्यापी अभियान संचालन गर्ने निर्णय गरिएको हो ।”
मादक तथा लागु पदार्थको उत्पादन, ब्यापार, आयात र निकासीमा कडा प्रतिबन्ध लगाउन सरकारसमक्ष माग गर्दै उनले त्यस्ता कम्पनीको दर्ता खारेज गरी उपयोगी खाद्यपदार्थ उत्पादनमा संलग्ना गराउन आग्रह समेत गरे ।
सोही पत्रकार सम्मेलनमा कलिम खाँ, युसुफ अलीका साथै अभियानमा संलग्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ