News Category 2081/03/14
६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या

दैनिक समाचारदाता
राजविराज, १४ असार ।
सप्तरीमा ६ महिनाको अवधीमा ७ पुरुष र २ महिलागरि ९ जनाको हत्या भएको छ । यसरी हत्या गरिएका मध्ये १८ वर्षिय किशोरदेखी ७५ वर्षिया बृद्धासम्म छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले शुक्रबार आयोजना गरेको “नेपाल मानव अधिकार वर्ष पुस्तकको अद्र्धवार्षिक पूर्व समिक्षा” गोष्ठीमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
इन्सेक जिल्ला प्रतिनिधि मनोहर कुमार पोखरेलद्वारा प्रस्तुत सन् २०२४ को ६ महिने प्रतिवेदनमा पुरुषतर्फ १८, १९, २५, ३२, ५६, ६५ र ६८ वर्ष उमेर समूहका र महिलातर्फ ७० र ७५ वर्ष उमेरका ज्येष्ठ नागरिकको हत्या भएको उल्लेख छ । उक्त हत्या घटनाका आरोपित मध्ये एक जना सशस्त्र प्रहरी, १ मृतकका छोरा र ३ जना मृतककै साथी पक्राउ परी हाल पूर्पक्षका लागि थुनामा छन् भने १६ जना आरोपित अझै फरार रहेको पोखरेलद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
यसै अवधीमा जिल्लामा बैवाहिक बलात्कारको एक वटा घटना समेत भएको छ । २१ वर्षिया एक महिलाले बैवाहिक बलात्कार भएको भन्दै उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा पक्राउ परेका उनका २८ वर्षिय पतिलाई सप्तरी जिल्ला अदालतका न्यायाधिश नविनकुमार जोशीको आदेशमा २०८१ बैशाख ६ गतेदेखी पूर्पक्षका लागि राजविराज कारागारमा छन् ।
यस्तै सोही अवधीमा बालिका बलात्कारका १२ घटना भएका छन् । बलात्कार घटनामा १४ देखी १७ वर्ष उमेर समूहकी बालिकाहरु पीडित भएका छन् । जसमध्ये १ जना अपाङ्गता भएको बालिकासमेत छिन् । यसरी बलात्कार घटनामा संलग्न रहेका आरोपी मध्ये ३ जना पूर्पक्षका लागि थुनामा, १ जना बालसुधार गृहमा र ६ जना अझै फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै ६ महिनाको अवधीमा बहुविवाहका ७ र बालविवाहका ९ घटना भएको प्रतिवेदनले देखाएको छ । यस्तै देवरसँग बिवाह गराई भाउजुसहित दुबै जनालाई गाउँ निकाला गरिदिएको १ र घरेलु ंिहसाका २१ वटा घटना भएको प्रतिवेदनले देखाएको छ ।
सन् २०२३ जनवरीदेखी डिसेम्बरसम्मको १ वर्षको अवधीमा हत्या ९, बहुविवाहका १८ र घरेलु हिंसाका ४५ वटा घटना भएका थिए ।
गोष्ठीमा सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधिश दिपकप्रसाद दाहाल, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादव, नेकपा एमालेका सचिव देवनाथ यादव, जनमत पार्टीका इन्चार्ज रामगमन साह, जिल्ला न्यायाधिवक्ता गोकुलप्रसाद निरौला, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, महिला मानवअधिकार रक्षक संजालकी अध्यक्ष अनिता देवकोटा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव लगायतले जिल्लामा भएका आपराधिक घटनाहरुप्रति चिन्ता व्यक्त गर्दै अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि सबै सरोकारवालाले मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।
पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा आपराधिक घटना न्युनिकरणका लागि प्रहरी, प्रशासन र सरोकारवाला सबैको थपसक्रियता आवश्यक रहेको महसुस गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ