News Category 2081/03/15
प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी
राजविराज÷नेपाल प्रेस युनियन शाखा सप्तरीले शनिबार पत्रकार महासंघ शाखा सप्तरीमा सप्तरीमा तालाबन्दी गरेको छ । युनियन सप्तरीका कोषाध्यक्ष रामनारायण यादवको नेतृत्वमा तालाबन्दी गरिएको हो ।
महासंघ केन्द्रिय कार्यालयले सदस्यता विवाद समाधान गरी विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि जबरजस्ती रुपमा मतदाता नामावाली सार्वजनिक गरि अलोकतान्त्रिक शैलीमा निर्वाचन गराउने प्रयत्न गरेको भन्दै सो तालाबन्दी गरिएको जनाइएको छ ।
पत्रकार महासंघ शाखा सप्तरीले सदस्यता शुद्धिकरणको नाममा अधिकांश यूनियनका क्रियाशिल पत्रकार सदस्यहरुलाई हटाएर सार्वजनिक गरिएको नामावली स्वीकार्य नहुने भन्दै शाखाबाट नवीकरणका लागी सिफारिस नगरिएका सदस्यहरुले केन्द्रीय कार्यालयको सर्कुलर अनुसार प्रदेश र केन्द्रीय कार्यालयमा उजुरी दिएपनि त्यसलाई नहेरी तथा उजुरी नदिएका केही सदस्यहरुलाई केन्द्रीय कार्यालयले एक पक्षीय रुपमा सदस्यता थप गरी निर्वाचन प्रक्रिया अघि बढाएकोले महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस यूनियन शाखा सप्तरी आन्दोलित भएको जनाइएको छ ।
महासंघकै शाखा र प्रदेश समितिले सिफारिस गरेका तथा योग्यता पुगेका आवेदकहरुलाई हटाएर मतदाता नामावली सार्वजनिक गरेकाले प्रेस यूनियन शाखा सप्तरीले पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको स्पष्ट पारेको छ ।
यस्तो गम्भीर परिस्थतिमा महासंघको कुनै पनि निर्वाचन प्रक्रिया अगाडि नबढाउन महासंघको नेतृत्व र निर्वाचन समितिलाई प्रेस यूनियन शाखा सप्तरी चेतावनी समेत दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ