News Category 2081/03/17
पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था छ ः अध्यक्ष मण्डल
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था गरिएको बताएका छन् ।
गाउँपालिकाको कृषि विकास शाखाद्वारा वडा नं. २ लौनियाँमा सोमबार आयोजित समूह सञ्चालन एवम् परिचालन गोष्ठी तथा किसान सुचिकरण प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलले सो कुरा बताएका हुन् ।
उनले कृषि क्षेत्रको विकासका लागि कसैले पनि पक्षविपक्ष गर्न नहुने बताउँदै कृषिका लागि विभिन्न योजनाहरु ल्याएको जानकारी समेत गराए ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कमलकुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व वडा अध्यक्ष खगेन्द्र मण्डल, वडा सदस्य रामसेवक मण्डलसहितकाले आफ्नो विचार ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा कृषि विकास अधिकृतद्वय उदयकान्त झा र अशोक कुमार मण्डल, कार्यक्रम अधिकृत राजेश कुमार झासहितकाले समूह सञ्चालन, परिचालन तथा किसान सुचिकरण सम्बन्धी सहजीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ