News Category 2081/03/17
काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे

दैनिक समाचारदाता
राजविराज, १७ असार ।
पुनःनिर्माण अवस्थामा रहेको हुलाकी सडक अन्तरगत राजविराजस्थित राममन्दिरदेखी छिन्नमस्ता डेरीसम्मको सडकखण्ड निर्माण सामग्री थुपारेर पानीको बहाव र सबारीसधान समेत चलाउन नसक्ने अवस्थामा पु¥याएपछि पुलमा काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारेका छन् ।
सडक निर्माणका लागि पटक–पटक सम्बन्धित निकायलाई घचघचाउँदा पनि कुनै सुनुवाई र चासो नदेखाएकोले बिरोध स्वरुप सोमबार स्थानीयहरुले पुलमा काठले घेरेर सडकमा ढुंगा जम्मा गरि आवतजावत ठप्प पारेका छन् ।
सो सडक खण्ड विगत एक वर्षदेखी निर्मार्णाधीन अवस्थामा रहेको छ । गत असार महिनादेखी सो सडकखण्डको निर्माण गर्ने जिम्मा पाएको रौता निर्माण कम्पनीले ढिलासुस्ती गरेको स्थानीयको आरोप छ ।
सडक निर्माण हुन नसक्दा वर्षाको समयमा पानी जम्ने र अन्य बेला धुलो उड्ने गरेकाले स्थानीयवासीले सास्ती व्यहोर्नु परिरहेको छ । खाल्डैखाल्डा परेका कारण सवारीसाधन मात्र होइन, पैदल यात्रुलाई समेत आवतजावतमा समस्या भइरहेको भन्दै स्थानीयवासी जितेन्द्र गुप्ताले खाल्डाखुल्डी कै कारण दिनहुँजसो दुर्घटना समेत हुने गरेको बताए ।
सडक चौडाई र कालोपत्रे गर्ने जिम्मा पाएको रौता निर्माण कम्पनीले समयमै निर्माण काम सम्पन्न गर्न तदारुकता नदेखाउँदा अहिले वर्षायाममा जोखिम झनै बढाएको उनको भनाई छ ।
सडक जोखिमपूर्ण अवस्थामा रहेकोले आपतकालिन अवस्थामा रहेका बिरामीलाई सो सडकमार्गबाट अस्पताल पु¥याउन पनि सास्ती भएको स्थानीयको गुनासो छ । सडकमा दर्जनौं खाल्डाखुल्डी छन् ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले आफुले भर्खर मात्र यस बारे जानकारी पाएकोले ठेकेदार कम्पनी सँग कुरा गरेर काम सुचारु गराउने बताइन् । यता सडक निर्माणको ठेक्का लिएको रौता कन्स्ट्रक्सनका देवेन्द्र दाहालले कंक्रिट खसालै लगत्तै विगत तीन दिन देखि वर्षा भएकोले काम रोक्नु परेको बाध्यता सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ