News Category 2081/03/20
भारदह अस्पताल “शहीद राजीव रामकृष्ण प्रादेशिक अस्पताल” मा परिणत हुने
दैनिक समाचारदाता
राजविराज, २० असार ।
मधेश प्रदेश सरकारले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गर्ने निर्णय गरेको छ ।
प्रादेशिक अस्पतालमा परिणत भएसँगै अस्पतालको नाम मधेश आन्दोलनका क्रममा भारदहमा शहीद भएका राजीवÞ राउत र रामकृष्ण राउतको नामबाट राखिने जनाइएको छ ।
उक्त अस्पतालको नाम “शहीद राजीव रामकृष्ण प्रादेशिक अस्पताल” राखिने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो फेसबुक पेजबाट बिहीबार जानकारी गराएका छन् । अस्पताल प्रादेशिक अस्पतालमा परिणत भई १५ शैयाबाट ५० शैयाको हुने निर्णय समेत मधेश प्रदेश सरकारले गरेको जनाइएको छ ।
त्यसैगरी मधेश स्वास्थ बिज्ञान प्रतिष्ठान, जनकपुरमा एमबिबिएस अध्ययनको लागि स्रोत सुनिश्चितताको निर्णय पनि मधेश सरकारले गरेको उनको फेसबुक पेजमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ