News Category 2081/03/25
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा

दैनिक समाचारदाता
राजविराज, २५ असार ।
मंगलबार बिहान भएको वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. २ का ७० घर डुवानमा परेका छन् ।
सो वडाको मुस्लिम र राम वस्तीमा ४ फिट सम्म पानी भरिदा ३८ परिवारका ७० घर डुवानमा परेको वडाअध्यक्ष जाहिर हुसेनले जानकारी दिएका छन् ।
उनले वस्तीका प्राय सबै घर आँगनबाट त्रियुगा बग्न थालेपछि घर छाडेर कोही स्थानीय मस्जिदमा त कोही आफन्त कहाँ शरण लिई वसेको जानकारी दिए ।
स्थानीवसाी दिनेश रामका अनुसार विहान १० बजे त्रियुगा नदीको बाढीले पूर्वी तटबन्ध कटान गरी अचानक वस्तीमा प्रवेश गरेपछि गाउलेको भागाभाग भएको थियो ।
जिल्ला प्रहरीका कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले वस्तीमा बाढी पसेको खबर पाए लगतै सेना, सशस्त्र र नेपाल प्रहरीका तालिम प्राप्त जनशक्ती उदार कार्यमा खटिएको र कुनै मानवीय क्षति नभएको जानकारी दिए ।
डुबानमा परेका घरका मानिसलाई सुरक्षित स्थानमा राखिएको उनले बताए । बाढीले त्यस क्षेत्रमा करिब १ सय विध०स्गहामा लगाइएको धानवाली समेत नष्ट भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ