News Category 2081/03/25
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
मंगलबार बिहान भएको वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. २ का ७० घर डुवानमा परेका छन् ।
सो वडाको मुस्लिम र राम वस्तीमा ४ फिट सम्म पानी भरिदा ३८ परिवारका ७० घर डुवानमा परेको वडाअध्यक्ष जाहिर हुसेनले जानकारी दिएका छन् ।
उनले वस्तीका प्राय सबै घर आँगनबाट त्रियुगा बग्न थालेपछि घर छाडेर कोही स्थानीय मस्जिदमा त कोही आफन्त कहाँ शरण लिई वसेको जानकारी दिए ।
स्थानीवसाी दिनेश रामका अनुसार विहान १० बजे त्रियुगा नदीको बाढीले पूर्वी तटबन्ध कटान गरी अचानक वस्तीमा प्रवेश गरेपछि गाउलेको भागाभाग भएको थियो ।
जिल्ला प्रहरीका कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले वस्तीमा बाढी पसेको खबर पाए लगतै सेना, सशस्त्र र नेपाल प्रहरीका तालिम प्राप्त जनशक्ती उदार कार्यमा खटिएको र कुनै मानवीय क्षति नभएको जानकारी दिए ।
डुबानमा परेका घरका मानिसलाई सुरक्षित स्थानमा राखिएको उनले बताए । बाढीले त्यस क्षेत्रमा करिब १ सय विध०स्गहामा लगाइएको धानवाली समेत नष्ट भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ