News Category 2081/03/30
आन्दोलनरत चार दलले जलाए नगरप्रमुखको पुतला
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा चार दलले विभिन्न १४ बुँदे माग राखी विगत २२ दिनदेखी आन्दोलनमा रहेका छन् । चार दलले आन्दोलनको कार्यक्रम अन्तरगत शनिबार बजार क्षेत्रमा प्रदर्शन गर्नुका साथै नगरप्रमुखको पुतला दहन समेत गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र लोसपाका स्थानीय नेता तथा कार्यकर्ताको अगुवाइमा प्रदर्शन पश्चात् नगर प्रमुख रामलखन मुखियाँको पुतला दहन गरिएको हो ।
चार दलले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरि गत असार ७ गतेदेखी चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
यसअघि असार ८ गते शनिबार साँझ नगरमा मसाल जुलुस प्रदर्शन तथा ९ देखी १२ असारसम्म लगातार चार दिन कार्यालयको मूल गेटमै धर्नामा उनीहरु बसेका थिए ।
नगरपालिकाका जनप्रतिनिधिहरुको वेथिति बिरुद्ध संघर्ष नाम दिइएको आन्दोलन माग पुरा नभएसम्म जारि रहने जसपा नगर समितिका उपाध्यक्ष ओमप्रकाश यादवले बताए४ । उनले नगर प्रमुख र केही वडाअध्यक्षको मिलोमतोमा नगरपालिका भित्र व्यापक आर्थिक अनियमितता भएको र सो कार्यमा प्रमुख प्रशासकीय अधिकृतले साथ नदिदा उनलाई समेत गालिगलौज र कार्यालय नआउन धम्की दिन थालिएको बताए । उनले नगर प्रमुख मुखिया पालिकालाई एमालेको कार्यकर्ता भर्तिकेन्द्र बनाउन लागेको दोषारोपन गर्दै विभिन्न तहका कर्मचारी नियुक्तिमा समेत अनियमितता भएको दाबी गरे ।
संघर्ष समितिले नगर शिक्षा ऐन संशोधन, राजनीतिक प्रतिशोधको आधारमा गरिएको सरुवा खारेजी, पालिकाको आयव्यय सार्वजनिक, आर्थिक अनियमितताको छानबिन र भ्रष्ट कर्मचारीमाथी कारवाही गर्न माग गरेको छ ।
यस्तै आ.ब. २०७९÷८० मा कोरोना महामारी शिर्षकमा गरिएको आम्दानी खर्च विवरण, आ.ब. २०७९÷८० र २०८०÷८१ मा खरीद गरिएको औषधी र सेनेटरी प्याडको आम्दानी खर्च विवरण, २०८०÷८१ मा स्वास्थ्य शाखा, कृषि तथा पशु स्वास्थ्य शाखा र शिक्षा शाखामा भएको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।
यस्तै राजनैतिक आस्थाका आधारमा हटाइएका कर्मचारीको पुर्नवहाली, कर्मचारीलाई दरबन्दी भएकै स्थानमा सरुवा गर्नुपर्ने लगायतका १४ बुँदे माग संघर्ष समितिले अघि सारेको छ ।
यता डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मुखियाले नगरपालिका भित्र कुनै आर्थिक अनियमितता नभएको र विपक्षिले अनावश्यक रुपमा बखेरा झिकेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ