बलात्कारका घटना र त्यसका कारण 2075/08/16  सुन्दर भविष्य बनाउने उद्देश्य लिएर पढ्न गएकी छोरी, आफ्नो परिवारलाई गरिवीबाट माथि उठाउनका लागि जागिर गर्न गएको छोरी वा साथीहरूसँग मेला घुम्न गएको छोरी सकुशल घर फर्किने हो कि होइन भन्ने चिन्ताले हरेक आमाबुवालाई सताइरहेको हुन्छ । आमाबुवालाई चिन्ता हुनुको विभिन्न कारणहरू मध्ये बलात्कार एउटा ठूलो चिन्ताको बिषय हो । आजभोली बलात्कार हुने त्राश धेरै दिदीबहिनीहरूलाई हुने गर्छन । किनभने कतै पाँच बर्ष भन्दा मुनिको नानी बलात्कृत भएकी छिन् भने कतै ७० बर्षभन्दा बढी उमेरका महिला बलात्कृत हुन्छिन् । कतै आफ्नै बुवाबाट, शिक्षकबाट, आफन्तबाट बलात्कार भइरहेकी छिन् । गएको सात बर्षमा नेपालमा ६,६२७ बलत्कारसम्बन्धी मुदा दर्ता भएको छ ।  नेपालमा प्रत्येक महिना ७८ ओटा बलत्कारसम्बन्धी मुदा दर्ता हुन्छ । जसमध्ये सन् २०१७ र १८ मा मात्र १४८० वटा मुदा दर्ता भएका छन्  । जुन नेपालको जनसंख्याको आधारमा धेरै नै हो । नेपालमा बलात्कार हुने संख्यामा धेरै वृद्धि हुनुको कारणहरू धेरै छन् जसमध्ये केही प्रमुख कारणहरूलाई यहाँ विश्लेषण गरिएको छ ।.... विस्तृत
बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका 2075/08/10  गत साउन १० गते कञ्चनपुरकी १३ बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो ।  बलात्कारपछि हत्या गरेर आफ्नो बाँच्न पाउने अधिकार गुमाएका पन्त र विक प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता धेरै स–साना अबोध बालिका बलात्कारका शिकारपछि हत्या गर्दा बाँच्च पाउने अधिकारनै गुमाउन पुगेका छन् ।     बलात्कृत बालिकाको संरक्षण गर्दै आएको रक्षा नेपालमा दैनिक बलात्कारसम्बन्धी तीनदेखि पाँच घटना आउँछन् । त्यसमा छ वर्षदेखि आठ वर्षका बालिका छन् । पठाउने शिक्षक वा सँगै कोठामा बस्ने छिमेकी यस्तै यस्तैबाट बालिका बलात्कृत हुने गरेका छन् । रक्षा नेपालमा अहिले ७० जना बलात्कृत छोरीलाई सेल्टरमा राखेर न्याय दिइरहेको छ । .... विस्तृत
प्रदेश लोक सेवा आयोगको निश्पक्षता कसरी ? 2075/08/09  प्रदेश लोक सेवा आयोगले कार्य सम्पादन गर्ने आधार र मापदण्ड संघीय संसदले बनाएको कानूनबमोजिम हुने भने पनि सो अनुसार कानून बन्यो कि बनेन भनेर अनुगमन गर्ने कुनै संयन्त्र छैन । सर्वोच्च अदालत नगुहारेसम्म कुनै सच्चिँदैन पनि । त्यसकारण प्रदेश लोकसेवा आयोगका त्यस्ता आधार र मापदण्ड प्रत्येक प्रदेशमा समानरुपमा हुबहु कार्यान्वयन हुन्छन् भन्ने सुनिश्चितता देखिँदैन ।     यस्तो अनिश्चितताले गर्दा देशका योग्य युवाहरुलाई निष्पक्ष र स्वच्छ तवरले योग्यता प्रणालीमा आधारित पदपूर्ति हुन्छ भनेर प्रणालीप्रति आश्वस्त पार्न कठिन हुन जान्छ । र, यसले शैक्षिक बेरोजगारको ठूलो जमातलाई निराशा मात्रै थप्ने काम गर्छ कि भन्ने एउटा भय खडा भएको छ । लोकसेवा आयोगः शासक र जनताको सम्बन्ध सेतू       राज्यको सुत्रपातसँगै प्रशासनको स्थापना र विकास भएको हो । प्रशासनले सरकारका निर्णयहरु कार्यान्वयन गर्ने मात्र नभएर आजकल प्रशासनले सरकारको वकालतसमेत गर्ने गर्छ । प्रशासन शासन, शासक र जनताको सम्बन्ध कायम गर्ने एउटा सेतू हो ।.... विस्तृत
बिर्सन सकिन्न स्व.परमेश्वर प्रसाद सिंह “दिनेश” लाई 2075/08/08  अवकाश–प्राप्त सह–प्राध्यापक स्व.परमेश्वर प्रसाद सिंह “दिनेश”लाई बिर्सन सकिदैन । महेन्द्र विन्देश्वरी कलेज, राजबिराजमा उहाँको नियुक्ति मेरो नियुक्तिको दुई बर्ष पछि भएको थियो । शुरुमा एक वर्षसम्म स्व.जगदेव झा, म र उहाँ  एउटै घरमा संग–संगै बसेका थियौं । पछि उहाँ र स्व.जगदेव झा वषौं सम्म बेग्लै एउटै घरमा संगै बस्नु भयो । महेन्द्र विन्देश्वरी कयाम्पस (कलेज)बाट आवास उपलव्ध गराइए पश्चात् दुबै एक–अर्कासंग टाँसिएका आवासहरुमा बस्नु भयो ।     कलेजमा दुई जना “परमेश्वर” हुन गएका कारणले एकलाई अर्कोदेखि छुट्याउन उहाँलाई “सिंन्हा साहेब” र डा.परमेश्वर यादवलाई “परमेश्वर बाबु”  नामले सम्बोधित गर्नु पर्यो ।     कलेजमा नियुक्त हँुदा स्व.परमेश्वर प्रसाद सिंह “दिनेश” दुई विषयमा– हिन्दी र मैथिलीमा–भारतको बिहारको पटना विश्वविद्यालयबाट एम.ए.गरिसक्नु भएको थियो । पछि उहाँले त्यसै विश्वविद्यालयबाट अँग्रेजीमा पनि एम.ए.गर्नु भयो ।.... विस्तृत
बढ्दो बलात्कारका घटनाले सुरक्षा चुनौती थपिँदै 2075/08/07  पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर गाउँकी २५ वर्षीया एक महिलालाई गाउँकै ३२ वर्षीय राजकुमार यादवले मङ्गलबार साँझ घरमा पसी बलात्कार गरेका छन् ।     यस्तै कात्तिक– ५ गते पर्साकै वीरगञ्ज महानगरपालिका–१८ सौराहा टोलकी ४० वर्षीया एक दलित महिला शौच गर्न खेतमा गएका बेला गाउँकै चार युवाले सामूहिक बलात्कार गरेका थिए ।     यी दुई घटना एउटा उदाहरण मात्र हुन् । प्रदेश नं २ मा केही महीनायता बलात्कारको घटना एकपछि अर्को घटन थालेपछि यसले समाजलाई मात्र होइन सुरक्षाको प्रत्याभूति दिने सुरक्षा अधिकारीलाई समेत चुनौती थपिन गएको छ ।      प्रदेश नं २ मा बढ्दै गएको बलात्कारको घटनालाई चुनौतीको रुपमा लिएर यसलाई रोक्न सुरक्षाकर्मीलाई सम्बेदन भएर लाग्न निर्देशन दिएको प्रदेश नं २ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले राससलाई भन्नुभयो, “बढ्दो बलात्कारको घटना हाम्रो लागि ठूलो चुनौती भएकाले यसलाई नियन्त्रण गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी खटाइएको छ ।’’ .... विस्तृत
सामाचकेवा ः प्रेम र आत्मीयताको सन्देश 2075/08/06  ‘वृन्दावनमें आइग लगै, कोई नई मुझाव रे...      हमर भैया ...(फलना) भैया , दौडि –दौडि मुझाव हे..!!’ (बृन्दावनमा आगो लाग्दा निभाउने कोही भएनन्, मेरा दाजु (दाजुको नाम जोड्दै) दौडँदै आएर त्यो आगो निभाए)      महोत्तरीसहितका मिथिलाक्षेत्रमा कात्तिक शुक्लपञ्चमीका दिन शुरु गरेर कात्तिक पूर्णिमाका दिन समापन गरिने सामाचकेवा पर्वमा मिथिलानी (मिथिलाका नारी) ले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाइरहेका छन् ।      कात्तिक शुक्लपक्षका पछिल्ला ११ दिनभित्र चकमन्न रातमा आफ्नो बस्तीको चौबाटामा भेला भएर आआफ्ना दाजुभाइको बहादुरी वर्णन गीतमा गुञ्जाउँदै मनाइने यो पर्व अब समापनको सँघारमा छ । पूर्णिमा तिथिको रात्रिभोग भएका दिन ‘सामा खेल’ भनिने सामाचकेवा पर्व समापन गर्ने परम्परानुसार यसपालिको यो पर्व बिहीबार राति समापन गरिन्छ । कात्तिक पूर्णिमा शुक्रबार बिहानभरि रहने भए पनि पूर्णिमाको रात्रिभोग बिहीबारै भएकाले पर्व राति समापन हुने मिथिलानी बताउँछन् ।.... विस्तृत
ओलीको पालामा संशोधन होला ? 2075/08/05 चुनावपछि मधेश     चुनावपछि मधेशको राजनीति आशामा बसिरहेको छ । अहिलेका दुई तिहाईको सरकारले देशको हितका लागि समस्या समाधान गर्छ भन्ने आशामा बसेको छठ । तर, यति समय बितिसक्दा यो सरकारले कुनै क्रियाकलाप नदेखाउँदा प्रष्टिएको छ कि सत्ता सञ्चालकहरूको नियत ठिक छैन । त्यसैले अहिले अन्योलपूर्ण अवस्थामा परिणत हुँदै गइरहेको छ ।      मधेशकेन्द्रित दलहरू राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको क्रियाकलाप अहिले फरक–फरक देखिएको छ । खासगरी, राजपाको भनाइ र अडान जुन प्रकारकोे छ कि छठपछि आन्दोलनमा जाने त्यो राम्रो कदम छ । किनभने पर्खिँदा–पर्खिँदा धेरै समय बितिसक्यो । मधेशमा राजपा मात्र एउटा राजनीतिक पार्टी छैन, त्यहाँ फोरमको पनि उपस्थिति र संगठन त्यतिकै बलियो छ ।... विस्तृत

 

ताजा अपडेट