News Category 2072/01/16
महाभूकम्प सम्बन्धि जनचेतना
दैनिक संवाददाता
राजविराज, १५ बैशाख ।
मुलुकमा गएको महाभुकम्प सम्बन्धि जनचेतना तथा व्यवहार परिवर्तन सम्बन्धि एक दिने समय सान्दर्भिक कार्यक्रम मंगलबार राजविराजमा आयोजना गरिएको छ ।
राजविराज नगरपालिकाको आयोजनामा आयोजित सो कार्यक्रममा सहभागिहरुले भूकम्पबाट जोगिन सर्वसाधरणहरुलाई सबैभन्दा पहिला भूकम्परहित घर निमार्ण गर्नुका साथै भूकम्पबाट कसरी जोगिने बारेमा जनचेतना फैलाउनु पर्नेमा सुझाव दिएका छन् ।
राजविराज नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्गको अध्यक्षतामा आयोजित सो कार्यक्रममा राष्ट्रिय भुकम्प प्राविधिक समाज नेपालका कृष्ण उपाध्यायले राजविराज नगरपालिकाका सयौ जना सर्वसाधारणहरुलाई भुकम्प सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
सो प्रशिक्षणमा राजविराज नगरपालिकाका सम्पुर्ण नगरबासीहरुलाई भुकम्पबाट निर्भय, सजग रहन र नआतिनुका साथै होस नगुमाउन बारेमा प्रशिक्षण समेत दिनुभएको थियो ।
साथै भुकम्पबाट कसरी बाँच्ने, यसको असरहरु, भुकम्परहित घर बनाउँने बारेमा जानकारी समेत नगरबासीहरुलाई दिइएको थियो । यसका साथै भुकम्प आउने बेलामा खुल्ला चउरमा बस्न आग्रह गर्नुका साथै खुल्ला चौरहरुलाई अतिक्रमण नगर्न तथा त्यस्त चौरलाई सफा गर्न, बाटोघाटोलाई फराकिलो पार्ने, ब्यवहारमा परिवर्तन बारेमा प्रशिक्षण दिइएको थियो ।
सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमरीया, सामुदायिक प्रहरी केन्द्रका हित नारायण लाल दास, नगरपालिकाका कर्मचारीका साथै सयौ नगरबासीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ