News Category 2072/01/18
सप्तरीमा भूकम्पबाट ३ सय १३ जना प्रभावित
दैनिक संवाददाता
राजविराज, १७ बैशाख ।
गत शनिबार आएको महाभूकम्पबाट सप्तरीमा २ सय ३२ परिवारका ३ सय १३ जना प्रभावित भएका छन् ।
जिल्ला दैवी प्रकोप उद्धार समितीको बिहीबार बसेको बैठकमा सप्तरीका प्रहरी उपरिक्षक शिशिर कर्माचार्यले जानकारी दिनुभयो ।
उहाँले भूकम्पमा सप्तरीमा भएको क्षतिको विवरण प्रस्तुत गर्नुहुँदै इटहरी विष्णुपुर गाविस ३ का विरेन्द्रकुमार साहको भाग्ने क्रममा मृत्यु भएको जानकारी दिनुभयो । यस्तै भूकम्पमा जिल्लाका १६ जना घाईते, पक्की घर ५५, कच्चि १ सय २७ गोठ ५, कम्पाउण्डवाल ४४ घरमा क्षति भएको बताउनुभयो ।
त्यसैगरी विद्यालय, क्याम्पस ६ र सकारी कार्यालयका ३ वटा भवनमा र ३ वटा मठ मन्दिरमा क्षति पुगेको कर्माचार्यले जानकारी गराउनु भयो ।
यसैगरि सोही बैठकमा भुकम्पपीडित सप्तरीवासीलाई काठमाण्डौबाट ल्याउन निःशुल्क बस परिचालन गर्ने निर्णय गरेको छ ।
समितिका अध्यक्ष एवं सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकले पहिलो चरणमा पाँचवटा बसबाट ल्याउने निर्णय गरेको हो । सोको ब्यबस्थापनका लागि राजबिराज नगरपालिकाका कार्यकारी प्रमुख विष्णु गुरुङ्गको संयोजकत्वमा आभासेतु सिंह र भिमसेन चौधरी रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।
बस ब्यबस्थापनका लागि जिबिस र राजविराज नगरपालिकाले श्रोत ब्यबस्थापन गर्ने समितिका सदस्य सचिव एवं स्थानीय विकास अधिकारी कोमल धमलाले बताउनुभयो ।
बैठकले भुकम्पमा परि अन्य जिल्लामा हराएका वा मृत्यु भएकाहरुको समेत जिल्लामा अध्यवधि गरि अभिलेख राख्ने र सोकालागि सूचना जारी गर्ने निर्णय गरेको छ । सोही बैठकले अन्य जिल्लामा घाईते भई आएकाहरुको थपउपचार गर्न जिल्लाका अस्पतालहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले राहत संकलन गर्न जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनु पर्ने र राजनैतिक दल तथा उद्योग वाणिज्य संघका नेतृत्वमा मात्र राहत संकलन गर्ने ब्यवस्था गरिने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ