News Category 2083/02/12

भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै

दैनिक समाचारदाता

भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै

दैनिक समाचारदाता
राजविराज, १२ जेठ । 

    राजविराजमा जारि राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा दिनैपिछै एकपछी अर्को किर्तिमान बन्दै गएको छ । 
    मंगलबार ६० किलो तौल समूहमा सप्तरीका रामकुमार यादव स्न्याचमा ९२ किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन् । 
    यस्तै महिलातर्फ सप्तरीकै सन्तोषी यादवले ६३ किलो तौल समूहमा क्लिन एण्ड जर्कमा ८० किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् । ६९ किलो तौल समूह महिलातर्फ नेपाली सेनाका कमला श्रेष्ठले स्न्याचमा ६९ किलो तथा सोही तौल समूहमा नेपाल प्रहरीकी पुजा कुमाल क्लिन एण्ड जर्कमा ८५ र कुल १ सय ५४ किलो उचालेर नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् । 
    ७७ किलो तौल समूहमा कास्कीकी सरस्वती गुरुङले स्न्याचमा ६३ किलो तथा क्लिन एण्ड जर्कमा ७९ किलो गरी कुल १ सय ४२ किलो भार उचालेर तीन वटा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको भारोत्तोलन संघका केन्द्रिय उपाध्यक्ष एवं निर्णायक मण्डलका सदस्य रुपेश तण्डुकारले जानकारी दिए । 
    यसअघि सोमबार नेपाल प्रहरीका हिरामोती थारुले ४८ किलो तौल समूहको महिलातर्फ क्लिन एण्ड जर्कमा ७० र स्न्याचमा ५४ गरि कुल १ सय २४ किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी थिइन् । 
    भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा तीन विभागिय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै ७ वटै प्रदेशका खेलाडीहरु सहभागि छन् । प्रतियोगिता जेठ १३ गते बुधबार सम्म चल्ने आयोजक भारोत्तोलन संघ सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट