News Category 2080/12/23
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
तीन बुँदे सहमतिपछि आन्दोलनरत पूर्वाधार विकास कार्यालय सप्तरीका कर्मचारीहरु पाँच दिनपछि शुक्रबार काममा फर्किएका छन् ।
कार्यालय प्रमुखमाथी प्रदेश सांसद सहितको टोलीद्वारा दुव्र्यवहार भएको भन्दै उनीहरु आन्दोलित भएका थिए ।
प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बैठकमा दुई पक्षबीचमा भएको लिखित प्रतिबद्धता पश्चात् कर्मचारीहरु कार्यालय संचालनका लागी काममा फर्केका हुन् ।
तीन बँुदे लिखित प्रतिबद्धतामा पूर्वाधार विकास कार्यालय सप्तरीले पालिका तथा वडामा रहेको योजनाहरु मापदण्डमा रही सम्बन्धित पालिकासँग समन्वय गरी ऐन, कानून निर्देशिका बमोजिम कार्य गर्ने, कार्यालयले जिल्लामा हुने विकास निर्माण कार्यमा पारदर्शिता कायम राख्दै सरोकारवाला पक्षहरुसँग समान व्यवहार गरी कार्य गर्ने उल्लेख छ ।
यस्तै गत चैत्र १८ गते कार्यालय प्रमुख र सांसद टोलीबीच भएको घट्नाबाट उत्पन्न असमझदारी र कर्मचारी आन्दोलित भएकोमा जनमत पार्टीका तर्फबाट दुःख व्यक्त गर्दै अगामी दिनमा यस्ता क्रियाकलाप प्रति सचेत रहने प्रतिबद्धता व्यक्त गरिएको बैठकमा सहभागी जनमत पार्टीका जिल्ला इन्र्चाज रामगमन साहले जानकारी दिए ।
गत चैत्र १८ गते योजना बाँडफाँडको विषयलाई लिएर कार्यालय प्रमुख प्रविण प्रताप अधिकारीमाथी जनमत पार्टीका तर्फबाट प्रदेश सांसद एवं पूर्व मन्त्री समेत रहेका महेश प्रसाद यादवले हातपात र दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरु कार्यालयको सम्पुर्ण कामकाज ठप्प पारी कार्यालय परिसर मै धर्नामा वसेका थिए ।
सहमतीका लागी बोलाईएको बैठकमा सुरक्षा निकाय, राजनीतिक दल, कर्मचारी संघ संगठन र विभिन्न पालिकाका प्रमुखको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ