News Category 2082/01/18
प्रदेश सांसद साह भारतमा सम्मानित
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
भारतको मध्यप्रदेशस्थित सियरमउमा बिहीवार साहु समाज समितिद्धारा आयोजना गरिएको ३८औं साहु समाज निःशुल्क सामुहिक आदर्श विवाह सम्मेलनमा प्रदेश सांसद किरण कुमारी साह सम्मानित भएकी छिन् ।
उनलाई “समाज सेवा सम्मान २०२५” बाट सम्मानित गरिएको हो । दाइजो बिनाको आदर्श विवाह गर्न प्रोत्साहन, महिला सशक्तिकरण, समाज रुपान्तरण तथा सामुहिक आदर्श विवाह सम्मेलनलाई सफल बनाउन गरेको योगदानको उच्च कदर गर्दै सांसद साहलाई सम्मान गरिएको आयोजक मध्यप्रदेश तैलीक साहु महासभाका राष्ट्रय अध्यक्ष श्रीमती आभा साहुले जानकारी दिईन ।
कार्यक्रमका मुख्य अतिथि समेत बनाइएकी मधेश प्रदेशका सांसद साहलाई मध्यप्रदेशका राज्यमन्त्री नरेन्द्र शिवाजी पटेल, पूर्व मन्त्री रामपाल सिंह मध्यप्रदेशका विद्यायक रामनिवास जी, देवेन्द्र पटेल, साहु समाजका प्रदेश अध्यक्ष ताराचन्द्र साहु लगायतले मुकुट दोसल्ला तथा समाज सेवा सम्मान २०२५ बाट सम्मानित गरेका छन् ।
साहु समाजका १२ हजार भन्दा बढी अगुवाहरुको उपस्थितिमा भएको सामुहिक आदर्श विवाह सम्मेलनमा आर्थिक अभावका कारण विहेमा समस्या भएका ३५ जोडीको सामुहिक रुपमै आदर्श विवाह गराइएको छ । सामुहिक विवाहमा सहभागि भएका जोडीलाई आयोजक संस्थाकै खर्चमा बाजागाजा सहित परिक्रमा पश्चात कार्यक्रम स्थलमा सामुहिक विवाह गराइएको छ । उक्त सम्मेलनमा नवविवाहिता जोडीका अभिभावक र आफन्तहरुलाई समेत निःशुल्क भोजनको व्यवस्था गरिएको थियो ।
सम्मेलनमा समाजका प्रदेश अध्यक्ष ताराचन्द्र साहु, वरिष्ठ उपाध्यक्ष सिवदयाल सिमैरया लगायतले पनि शुभकामना दिदै यस्ता विवाहले समाजमा व्याप्त दाईजो प्रथा अन्त्यका लागि मद्दत पुर्याउने विश्वास व्यक्त गरेका थिए । उक्त संस्थाले विगत ३८ वर्षदेखि लगातार सम्मेलनको आयोजना गरी आर्थिक रुपमा पछाडि परेका तथा उमेर पुगेका युवा युवतीलाई भेला गराई सामुहिक रुपमा आदर्श विवाह गराउँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ