News Category 2082/01/18
प्रदेश सांसद साह भारतमा सम्मानित

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
भारतको मध्यप्रदेशस्थित सियरमउमा बिहीवार साहु समाज समितिद्धारा आयोजना गरिएको ३८औं साहु समाज निःशुल्क सामुहिक आदर्श विवाह सम्मेलनमा प्रदेश सांसद किरण कुमारी साह सम्मानित भएकी छिन् ।
उनलाई “समाज सेवा सम्मान २०२५” बाट सम्मानित गरिएको हो । दाइजो बिनाको आदर्श विवाह गर्न प्रोत्साहन, महिला सशक्तिकरण, समाज रुपान्तरण तथा सामुहिक आदर्श विवाह सम्मेलनलाई सफल बनाउन गरेको योगदानको उच्च कदर गर्दै सांसद साहलाई सम्मान गरिएको आयोजक मध्यप्रदेश तैलीक साहु महासभाका राष्ट्रय अध्यक्ष श्रीमती आभा साहुले जानकारी दिईन ।
कार्यक्रमका मुख्य अतिथि समेत बनाइएकी मधेश प्रदेशका सांसद साहलाई मध्यप्रदेशका राज्यमन्त्री नरेन्द्र शिवाजी पटेल, पूर्व मन्त्री रामपाल सिंह मध्यप्रदेशका विद्यायक रामनिवास जी, देवेन्द्र पटेल, साहु समाजका प्रदेश अध्यक्ष ताराचन्द्र साहु लगायतले मुकुट दोसल्ला तथा समाज सेवा सम्मान २०२५ बाट सम्मानित गरेका छन् ।
साहु समाजका १२ हजार भन्दा बढी अगुवाहरुको उपस्थितिमा भएको सामुहिक आदर्श विवाह सम्मेलनमा आर्थिक अभावका कारण विहेमा समस्या भएका ३५ जोडीको सामुहिक रुपमै आदर्श विवाह गराइएको छ । सामुहिक विवाहमा सहभागि भएका जोडीलाई आयोजक संस्थाकै खर्चमा बाजागाजा सहित परिक्रमा पश्चात कार्यक्रम स्थलमा सामुहिक विवाह गराइएको छ । उक्त सम्मेलनमा नवविवाहिता जोडीका अभिभावक र आफन्तहरुलाई समेत निःशुल्क भोजनको व्यवस्था गरिएको थियो ।
सम्मेलनमा समाजका प्रदेश अध्यक्ष ताराचन्द्र साहु, वरिष्ठ उपाध्यक्ष सिवदयाल सिमैरया लगायतले पनि शुभकामना दिदै यस्ता विवाहले समाजमा व्याप्त दाईजो प्रथा अन्त्यका लागि मद्दत पुर्याउने विश्वास व्यक्त गरेका थिए । उक्त संस्थाले विगत ३८ वर्षदेखि लगातार सम्मेलनको आयोजना गरी आर्थिक रुपमा पछाडि परेका तथा उमेर पुगेका युवा युवतीलाई भेला गराई सामुहिक रुपमा आदर्श विवाह गराउँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/05 कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग
- 2082/03/05 विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
- 2082/03/04 सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
- 2082/03/04 नगरपालिका कर्मचारीको आन्दोलन जारि
- 2082/03/04 ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
- 2082/03/04 थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
- 2082/03/04 लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ