News Category 2082/12/10

मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा

दैनिक समाचारदाता

मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा

दैनिक समाचारदाता
राजविराज, १० चैत ।

    राजविराज नगरपालिकाले मानव स्वास्थ्य र स्वास्थ्य मन्त्रालयको निर्देशिकाको ख्याल गर्दे लामखुट्टे विरुद्धको विषादी (औषधी) छर्किन नसकिएको स्पष्ट पारेको छ ।
    मंगलबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि सो विषय बारे स्पष्ट पारेको हो । 
    नगरक्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दै गएको तथा नियन्त्रणका लागि अविलम्ब विषादी छर्किनुपर्ने जनस्तरबाट गुनासो र दवाव बढ्न थालेपछि नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी यस बिवषयमा स्पष्ट पारेको छ । 
    पत्रकार सम्मेलनमा कार्यबाहक नगरपं्रमुख इसरत परवीनले लामखुट्टे नियन्त्रण प्रभावकारी बनाउन मुख्य सडक, गल्ली तथा नालाहरुको सरसफाईमा विशेष ध्यान दिईने तथा जथाभावी फोहर फाल्नेलाई जरीवानाको दायरामा ल्याउने जानकारी दिईन् ।
    जेनजी आन्दोलनका क्रममा सरसफाईमा प्रयोग हुने सबै सबारी साधन जलेर नष्ट हुँदा अहिले भाडामा लिएर भएपनि सरसफाईमा दैनिक १५ वटा ट्याक्टर प्रयोग गरिएको जानकारी दिइन् । उनले निकट् भविष्यमै थप सवारी साधन प्रयोग गर्ने गरी खरिद प्रक्रियाको तयारी थालिएको समेत बताईन् ।
    नगरको फोहोर मैला व्यवस्थापनका लागि नगरपालिकाबाट समय समयमा घरघर र पसल पसलमा डस्टबीन वितरण गरिएपनि सम्बन्धित व्यक्तिबाट त्यसको उचित सदुपयोग हुन नसक्दा चुनौती थपिएको उनको भनाई छ ।
    उनले लामखुट्टे विरुद्धको विषादी छर्किन जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरेको भएपनि कुनै महामारी बगैर त्यस्तो विषादी छर्न नमिल्ने भनि जवाफ आउँदा रोकिएको स्पष्ट पारिन ।
    त्यस्ता विषादीले मानव स्वास्थ्य तथा वातावरणीय अवस्थामा समेत असर पार्ने भएकाले अन्य विकल्पमा जानुपर्ने बाध्यता रहेको उनले सुनाईन् ।
    पत्रकार सम्मेलनमा नगर स्वास्थ्य शाखाका प्रमुख कामेश्वर यादवले कालाजार, मलेरिया र औलो जस्ता रोगको महामारी विना यस्ता विषादी छर्नु जनस्वास्थ्य तथा मन्त्रालयको निर्देशिका विपरित हुने भएकाले लामखुट्टेको प्रजनन स्थललाई नै सरसफाईको माध्यमले नष्ट गरिनु उपयुक्त उपाय भएको बताए ।
    नगरपालिकाका योजना अधिकृत मनोज यादवले नगरको फोहोर मैला व्यवस्थापन तथा लामखुट्टेको प्रकोप नियन्त्रणका लागि सरसफाई नै मुख्य उपाय भएको भन्दै यसका लागि टोल टोलमा टोल सुधार र टोल विकास समिति गठन गरी कडाईका साथ अनुगमन गरिने जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट